राष्ट्रपति भण्डारीद्वारा भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान

  ।   २०७७ कार्तिक २०, बिहीबार १९:१६

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गर्नुभएको छ ।

बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गर्नुभएको हो । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप उहाँ नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आउनुभएको हो ।

नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थल सेनाध्यक्ष जनरल नरवणे १८ औँ सेनापति हुनुहुन्छ ।

यसअघि भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको थियो । सेनाध्यक्ष नरवणेले बिहीबार नै जङ्गी अड्डा परिसरमा ओखरको बिरुवा पनि रोप्नुभएको थियो । त्यसलगत्तै प्रधानसेनापति पूर्णचन्द्र थापा र स्थल सेनाध्यक्ष नरवणेबीच औपचारिक भेटवार्ता भएको थियो ।

स्थल सेनाध्यक्षले बिहान सैनिक मञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण पनि गर्नुुभएको थियो ।

Next Post

बाँकेमा कोरोना संक्रमणबाट ६४ वर्षीय पुरुषको मृत्यु

२०७७ कार्तिक २०, बिहीबार १९:१६
बाँके । बाँकेमा कोरोनाका कारण दाङका ६४ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । भेरी अस्पताल, नेपालगन्जमा उपचार गराइरहनु भएका लमही नगरपालिका वडा नम्बर १० का ६४ वर्षीय पुरुषको बिहीबार ९ः०० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका सम्पर्क ब्यक्ति नरेश श्रेष्ठले बताउनुभयो । योसँगै बाहिरी जिल्लाबाट […]