लक्ष्मी पूजा गर्ने क्रममा ठाउँ–ठाउँमा आगलागी, २० लाख रुपैयाँभन्दा धेरैको नोक्सानी

  ।   २०७७ कार्तिक ३०, आईतवार ०८:५३

काठमाण्डौ । शनिबार साँझ लक्ष्मी पूजा गर्ने क्रममा देशका विभिन्न ठाउँमा आगलागी भएका छन् ।

सप्तरीको विष्णुपुर गाउँपालिका ६ मा मिठाई र साइकल पसलमा आगो लाग्दा साढे नौ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । शनिबार राति पौने १२ बजे लक्ष्मी पूजा गर्ने क्रममा बिजुली बत्ती शर्ट हुँदा आगो लागेको प्रहरीले जनाएको छ ।

झापाको बिर्तामोडमा रहेको वर्कशपमा आगो लाग्दा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ । लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगो सल्किँदा आगलागी भएको हो । यस्तै धादिङको धुनबेसी नगरपालिका ४ को जीवनपुरमा उद्धव घिमिरेले सञ्चालन गरेको फेन्सी पसलमा पनि दियोबाट आगो सल्किँदा पाँच लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

यसैगरी भक्तपुरको मध्यपर थिमी नगरपालिका ४ मा कञ्चन सहनीको मोटर वर्कशपमा लक्ष्मी पूजा गर्दा बालिएको दियोबाट आगो सल्किँदा दुई लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ ।

सर्लाहीको मलङ्गवा नगरपालिका पनि कैलाश शाहको सिलाई पसलमा लक्ष्मी पूजा गर्ने क्रममा बालेको दियोबाट आगो सल्किँदा एक लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ । यी सबै ठाउँमा लागेको आगो स्थानीयको सहयोगमा निभाइएको प्रहरीले जनाएको छ ।

Next Post

आइतबार बाँकेका १० जनामा कोरोना संक्रमण पुष्टि

२०७७ कार्तिक ३०, आईतवार ०८:५३
बाँके । भेरी अस्पताल नेपालगंजको पीसीआर प्रयोगशालामा आइतबार ५६ जनाको स्वाब संकलन गरेका मध्ये १९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ । आइतबार दिँउसो साढे तीन बजे अस्पतालले जारी गरेको सूचना अनुसार बाँकेका १० जना, बर्दियाका पाँच, कैलाली, कञ्चनपुर, सुर्खेत र प्युठानका एक/एक जना रहेका छन् । प्रयोगशालामा प्राप्त ४८ […]