जुम्लामा आठ दिनदेखि अनसनरत डा. गोविन्द केसी काठमाण्डौ प्रस्थान

  ।   २०७७ आश्विन ५, सोमबार १७:५६

जुम्ला । जुम्लामा आठ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसी काठमाण्डौ जान जुम्लाबाट नेपालगञ्जबाट पुग्नुभएको छ । डा। केसीले विज्ञप्ति निकालेर काठमाण्डौबाटै सत्याग्रह जारी राख्ने निर्णय गरेपछि जुम्लाबाट उहाँ विमानमार्फत नेपालगञ्ज पुग्नुभएको हो ।

डाक्टर केसीकै इच्छानुसार उहाँलाई चिकित्सकको साथमा पठाइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । उहाँलाई सोमबार समिट एअरको जहाजमा नेपालगञ्ज पठाइएको नागरिक उड्यन प्राधिकरण जुम्लाका प्रमुख महेन्द्र सिंहले बताउनुभयो ।

डा. केसीले सरकारले मागको विषयमा कुनै सम्बोधन नगरेको र पहिलेको अनसनमा अस्पतालमै राज्यले तोडफोड गरेको आरोप लगाउँदै फेरि पनि यस्तो हिंसा हुन नदिन जुम्लाबाट काठमाण्डौको यात्रा सुरु गरेको बताउनुभएको छ ।

यसअघि अनसनस्थल धर्मशालाबाट अस्पताल लगिएपछि डाक्टर केसीले कुनै पनि स्वास्थ्य जाँच गर्न मान्नुभएको थिएन । उज्यालो अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघ्यो, २४ घण्टामा १६ जनाको ज्यान गएको पुष्टि

२०७७ आश्विन ५, सोमबार १७:५६
काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६५ हजार दुई सय ७६ पुगेको छ । गएको २४ घण्टामा एक हजार एक सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा नौ हजार पाँच सय ३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार […]