बाँकेमा कोभिडको संक्रमण दर १३.७० प्रतिशत

  ।   २०७८ भाद्र २५, शुक्रबार १५:५५

संवाददाता, नेपालगंज।

भेरी अस्पताल नेपालगंजमा आज बिहान ६ः४५ बजे दाङ्गको तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर ६ की ६५ बर्षिया कोभिड संक्रमित महिलाको मृत्यु भएको छ ।

उहाँलाई नेपालगंज मेडिकल कलेजमा भदौं २९ गते पीसीआर जाँच गर्दा कोभिड संक्रमण देखिएपछि ३० गते भेरी अस्पतालको कोभिड वार्ड भर्ना गरिएको थियो ।

यो सगैं बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागी आई मृत्यु हुने कोभिड संक्रमितको संख्या ४०६ जना र बाँके जिल्ला भित्रका कोभिड पछि मृत्यु हुनेको संख्या ३३० जना पुगेको छ ।

जिल्ला कोभिड ब्यवस्थापन केन्द्र (डीसीएमसी) बाँकेले आज दिँउसो सार्वजनिक गरेको विवरण अनुसार बाँकेमा कोभिडको संक्रमण दर १३.७० प्रतिशत पुगेको छ ।

Next Post

बिश्व हिन्दु परिषद नेपाल मार्फत सरकारलाई धन्यवाद र प्रशंसा

२०७८ भाद्र २५, शुक्रबार १५:५५
नेपालगन्ज । बहुसंख्यक हिन्दुहरुको आस्थाको केन्द्र पशुपति नाथको मन्दिर सर्वसाधारणको लागि भौतिक रुपमा खुल्ने सरकारले निर्णय गरेको छ । सरकारको निर्णयको प्रसंसा गर्दै विश्व हिन्दु परिसद नेपालले आज शुक्रबार एक प्रेस बिज्ञप्ति निकालेको छ । प्रेस विज्ञप्ति मार्फत सर्वसाधारणको लागि मन्दिर खोल्ने निर्णय स्वागत योग्य र प्रसंशनिय भएको जनाइएको छ […]