भारत र इङ्ग्ल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा

  ।   २०७८ श्रावण २५, सोमबार ०७:२४

काठमाण्डौ । भारत र इङ्ग्ल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । अन्तिम तथा पाँचौँ दिन वर्षाका कारण खेल हुन नसक्दा पहिलो टेस्ट बराबरीमा सकिएको हो ।

इङ्ग्ल्यान्डलाई जितको लागि १ सय ५७ रन अघिनै भारतको नौ विकेट लिनुपर्ने हुन्थ्यो । तर वर्षा बाधक हुँदा नजिताविहीन हुन पुग्यो ।

चौथो दिनको खेल सकिँदा जितको लागि २ सय ९ रनको लक्ष्य पछ्याएको भारतले १४ ओभरमा एक विकेट गुमाएर ५२ रन बनाएको थियो ।

‍पाँच टेस्ट श्रृङ्खला अन्तर्गत दोस्रो खेल बिहिवारदेखि लर्ड्स क्रिकेट मैदानमा हुनेछ ।

Next Post

आज विश्व आदिवासी दिवस मनाइँदै

२०७८ श्रावण २५, सोमबार ०७:२४
काठमाण्डौ । आज २७ औँ विश्व आदिवासी दिवस । नेपालमा पनि आदिवासी जनजाति समुदायको हक अधिकारमा जोड दिएर मनाइँदै छ । सन् १९९४ देखि मनाइँदै आएको दिवसको यस वर्षको नारा ‘कसैलाई पछाडि नछोडौँ, आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वानु भन्ने नारासहित तय गरिएको छ । यसैबीच, प्रधानमन्त्री शेरबहादुर […]

सम्बन्धित समाचार