नरैनापुरका ९ हजार ९ सय १३ जना बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप

  ।   २०७९ माघ ७, शनिबार २३:२३


बाँके । नरैनापुरको दादुरा प्रभावित क्षेत्रमा ६ महिनादेखि १५ वर्ष सम्मका ९ हजार ९ सय १३ जना बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइएको छ ।
नरैनापुर स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहका अनुसार नरैनापुरमा १४ हजार २२ जना बालबालिकामध्ये ७०.६९६ प्रतिशत अर्थात् ९ हजार ९ सय १३ जना बालबालिकाले दादुरा–रुवेलाविरुद्धको खोप लगाएका छन् ।
सरकारले प्रभावित क्षेत्रमा दादुरा नियन्त्रण गर्ने उद्देश्यले माघ ५ गतेबाट दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो ।

नरैनापुर स्वास्थ्य शाखाका सर्भिलेन्स अफिसर बिबेक पौडलेका अनुसार नरैनापुरका ७ वटा वडामा खोप अभियान संचालन भई रहेको बताउदै सोमबार सम्म लक्ष्य अनुसार खोप लगाई सक्ने जिकिर गर्नु भयो ।

खोप अभियानको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठ, डब्लु एचओका Surveillance Medical Officer डाक्टर तृप्ति पाल रमन लगायतले शनिबार खोपको अनुगमन गरेको नरैनापुर स्वास्थ्य शाखाले जनाएको छ । नरैनापुरमा फैलिएको दादुरा सङ्क्रमणबाट २१ जना बालबालिका सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये १६ जना होम आइसोलेसनमा उपचाररत छन् भने ५ जना निको भइसकेका छन् ।

शनिबार नरैनापुर गाँउपालिका भित्र ६ वडाका ११ खोप केन्द्रमार्फत दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन भई रहेको नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिनु भयो । यता नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले खोप संचालनमा कुनै कमी हुन नदिन कर्मचारीहरुलाई निर्देशन दिदै नियमित रुपमा खोप केन्द्रको अनुगमन र स्थानीयहरु संग खोप लगाउन आग्रह गर्दै आउनु भएको छ ।

Next Post

मन्त्री नमुना द्वारा 'सन्तानेश्वर मन्दिर' अवलोकन

२०७९ माघ ७, शनिबार २३:२३
नरैनापुर, बाँके । लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी (नमुना)ले जिल्लाको आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने धर्मिक तथा पर्यटकीय स्थलहरु भ्रमण तथा अवलोकन गरिरहेकी छिन । शनिवार बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ४ स्थित ‘बर्फानी बाबा’ मन्दिर क्षेत्र पुगेकी मन्त्री नमुना आइतबार नरैनापुर गाउँपालिका वडा नम्बर ६ स्थित चुरे पहाडमा अवस्थित […]