लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. कर्मचारी संगठनका निर्वाचित पदाधिकारीहरुको पदभार तथा सपथ ग्रहण सम्पन्न

  ।   २०७९ श्रावण ४, बुधबार २०:२७

कोहलपुर । नेपालगन्ज मेडिकल कलेजमा रहेको सबैभन्दा पुरानो संगठन लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनका निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पदभार कार्यक्रम सम्पन्न भएको छ ।

असार ३२ गते शिक्षण अस्पताल कोहलपुरमा भएको छैटौं अधिबेशनबाट सर्वसम्मत रुपले पदाधिकारीहरु चयन गरिएको थियो । उक्त अधिबेशनका निर्वाचन मण्डलका अध्यक्ष अब्दुल हुसेन खान, सदस्यहरु कुश्माखर बश्याल र शरद पोखरेलले निर्वाचन प्रक्रिया गराएका थिए । आज नेपालगन्ज मेडिकल कलेज कलेज शिक्षण अस्पताल कोहलपुरका निर्देशक डा- रेशम बहादुर रानाको प्रमुख आतिथ्यमा सपथ ग्रहण र प्रमाणपत्र वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा अतिथिका रुपमा कोहलपुर शिक्षण अस्पताल कि मेट्रोन ललिता शर्मा, नेपालगन्ज नर्सिङ क्याम्पस कि प्रिन्सिपल सीमा भारती, प्रशासकीय अधिकृत संजय कुमार पन्त लगायतका अतिथिहरुको उपस्थितिमा प्रमाणपत्र वितरण तथा निर्वाचित पदाधिकारीहरुदाई निर्वाचन मण्डलका अध्यक्ष अब्दुल हुसेन खानले सपथ खुवाएका थिए ।
सपथ ग्रहण कार्यक्रम पश्चात् निर्वतमान सभापति कुश्माखर बश्यालले वर्तमान सभापति रत्ना कुमारी गिरीलाई संगठनको कार्यालयमा पदभार ग्रहण गरि पुराना कागजात हस्तान्तरण गरेका थिए । त्यसैगरी महासचिव केपी घिमिरेलाई निर्वतमान महासचिव रत्ना कुमारी गिरीले रजिस्टर हस्तान्तरण गरि आजै पहिलो बैठक बसी ३ वटा महत्त्वपूर्ण निर्णय गरेको संगठनका महासचिव केपी घिमिरेले बताए ।

Next Post

बाँकेको जानकीमा अवसर परियोजना संचालन

२०७९ श्रावण ४, बुधबार २०:२७
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा अवसर परियोजना संचालन भएको छ । बिहीबार एक कार्यक्रमका बीच परिचयात्मक कार्यक्रममार्फत जानकी गाउँपालिकाको वडा नं २ र ३ मा अवसर परियोजना संचालन हुन लागेको जानकारी गराएको छ । कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले बिगतमा वडा नं ४ मा संचालन भएको […]

सम्बन्धित शीर्षक