बाँकेको जानकीमा अवसर परियोजना संचालन

  ।   २०७९ श्रावण ५, बिहीबार २३:४१

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा अवसर परियोजना संचालन भएको छ । बिहीबार एक कार्यक्रमका बीच परिचयात्मक कार्यक्रममार्फत जानकी गाउँपालिकाको वडा नं २ र ३ मा अवसर परियोजना संचालन हुन लागेको जानकारी गराएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले बिगतमा वडा नं ४ मा संचालन भएको मिलाप संस्थाको परियोजनाले यहाँका जनतालाई धेरै सहयोग पुगेको बताउनुभयो ।       संस्थाले कार्यक्रममार्फत सिमान्तकृत समुदायलाई सहयोग पुर्याएर अघि बढ्न हौसला प्रदान गरेको भन्दै उहाँले कार्यक्रमको प्रभावकारीताको शुभकामना दिनुभयो । भोलिका दिनमा अझै थुपै्र कार्यक्रमहरु गर्नुपर्ने र त्यसका लागि गाउँपालिकाले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रशासकीय अधिकृत रानाले बताउनुभयो ।

यस्तै महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कल्पना गाहा मगरले गाउँपालिकाका भिन्नि क्षेत्रमा गाउँपालिकाको आँखा नपुगेको क्षेत्रमा संघ संस्थाको ध्यान पुग्ने गरेको र समुदायसंग नजिक हुने कार्यक्रम संस्थाको हुने गरेको पाइएको बताउँदै आगामी दिनहरुमा पनि कार्यक्रमहरु सफलतापुर्वक सम्पन्न हुनेमा बिश्वास व्यक्त गर्नुभयो ।

मिलाप नेपालगञ्जका कार्यकरी निर्देशक राजेन्द्र बहादुर सुनारको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राना, स्वास्थ्य शाखा प्रमुख दल बहादुर राना, वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

जानकी गाउँपालिका तथा सि डबल्यू सिको समन्वय सहकार्यमा, आई एन एफ, अष्ट्रेलिएन एड, फिल एण्ड जेनी डेभिस अस्ट्रेलिया, जानकारी टेक र हामिल्टन ब्यप्टिस्ट चर्चको आर्थिक सहयोगमा मिलापले अवसर परियोजना संचालन गरेको हो ।

आर्थिक वर्ष २०८३/२०८४ सम्म संचालन हुने पाँच वर्षीय परियोजनाले करिब एक करोड ९८ लाख ९८ हजार ३ सय ३ रुपैया खर्च गरिने कार्यक्रम अधिकृत प्रेमा रोकाले जानकारी गराउनुभएको थियो ।

Next Post

भालुवाङ, दाङ चिनाउने एउटा तस्वीर

२०७९ श्रावण ५, बिहीबार २३:४१
#Bhaluwang_Dang