नेपालगन्ज-१९ माओवादी तर्फका अध्यक्षका उम्मेदवार योगी इदुल फित्रको शुभकामना दिदै घरदैलोमा

  ।   २०७९ बैशाख १९, सोमबार २२:४७


नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ माओवादी केन्द्रका अध्यक्ष सम्भु नाथ योगी मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदुल फित्तरको उपलक्ष्यमा घर घर पसि शुभकामना दिनुभएको छ । अध्यक्ष योगीले मतदाताको घरदैलो मै पुगेर शुभकामना दिदै आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्नु भएको हो ।

नेकपा माओवादी केन्द्र नेपालगन्ज १९ का इन्चार्ज मिना मल्लले चुनावी प्रचारप्रसारलाई रचनात्मक तरिकाले जनताको घरदैलोमा जाने योजना बनाउनु भएको छ । माओवादीको प्रचारप्रसार देखेर वडा बासीहरुको आकर्षक बढेको छ । जनताको पक्षमा काम गर्ने मन भएका अध्यक्षका उम्मेदवार योगी बुज्रक, बौद्धिक ब्यक्ति भएकोले जनताको आकर्षण बढेको स्थानीयहरु बताउछन् ।  वडामा जित हासिल गरे वडाको मुहार नै बदल्ने भन्दै नेता कार्यकर्ता एकमाना एकताका साथ चुनावी प्रचारप्रसारमा लागेको इन्चार्ज मल्लले गुडन्युजलाई बताउनु भयो ।

नेपालगन्ज-१९ का वडाबासीहरु आफैमा उत्साहित भएको कुरा सर्वसाधारण बताउँछन् । जनताको उत्साह देखेर नेता कार्यकर्ता देखि उम्मेदवार सम्ममा खुशी छाएको प्रचारप्रसार समितिको अनुभव छ । बाजागाजाका साथ नाच्दै घरदैलोमा पुगेका छौ वडा सदस्य सान्ता परियारले बताउनु भयो । जसको नीति उसैको नेतृत्व भन्दै अर्का सदस्य गोमती प्रसाद बर्माले वडा बासीले यसपटक माओवादीलाई जिताउने सल्लाह गरेको खुलासा गर्नु भयो ।           

Next Post

इदगाहमा पुगे मेयर पदका उम्मेदवार विष्ट

२०७९ बैशाख १९, सोमबार २२:४७
नेपालगन्ज । नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले इस्लाम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड इदको शुभकामना दिनुभएको छ । आज विहानै इदगाहमा पुग्नुभएका विष्टले मुस्लिम समुदायको महत्वपूर्ण चाड इदको शुभकामना दिँदै सबै धर्म समुदायका चाड पर्वहरुलाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालगन्ज धार्मिक सद्भावको नमुना सहर भएकाले […]