नेपालगन्ज । नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले इस्लाम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड इदको शुभकामना दिनुभएको छ । आज विहानै इदगाहमा पुग्नुभएका विष्टले मुस्लिम समुदायको महत्वपूर्ण चाड इदको शुभकामना दिँदै सबै धर्म समुदायका चाड पर्वहरुलाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालगन्ज धार्मिक सद्भावको नमुना सहर भएकाले सबै समुदायले सबै धर्म संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार विष्टले एकआपसमा अंकमाल गर्दै इदको शुभकामना दिनुभएको हो । त्यसक्रममा मुस्लिम समुदायले आसन्न स्थानीय तहको निर्वाचनमा विजयीको शुभकामना दिएका थिए ।
Next Post

खजुरा गठबन्धनका अध्यक्षका उम्मेदवार तुफान द्वारा इदको शुभकामना
२०७९ बैशाख २०, मंगलवार ०८:३५
नेपालगन्ज । खजुरा गाउपालिका गठबन्धन( माओवादी/कांग्रेस) का अध्यक्षका उम्मेदवार डम्बर बिक तुफानले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदुल फित्रको उपलक्ष्यमा खजुराबासीलाई शुभकामना दिनु भएको छ । बैशाख ३० गते हुने निर्वाचनमा खजुराका मुस्लिमहरुले एकताबद्ध भएर गठबन्धनलाई मतदान गर्ने जनाएका छन् । मधेसी मुस्लिमको लागि लामो संघर्षगर्दै आएका नेता तुफानलाइ मतदान गर्नेमा […]
सम्बन्धित शीर्षक
-
२०८१ असार १०, सोमबार २०:४५
बुझायो १७ बुँदे मागपत्र अखिल समाजवादीले
-
२०८२ फाल्गुन ३, आईतवार १७:२९
शिवरात्रीमा बागेश्वरीमा श्रद्धा र संवाद: उम्मेदवार दिपेन्द्र बिष्टको आस्था–सन्देश
-
२०८३ श्रावण २५, सोमबार २०:०२
Slottio Casino – Evolution Gaming Live Tables
-
२०७८ मंसिर ४, शनिबार १३:४५
माओवादी केन्द्र कोहलपुर-१० को अध्यक्षमा भुपेन्द्र सुनार चयन
-
२०८० भाद्र १, शुक्रबार १७:१८
राप्तीसोनारी ६ को वडाकार्यलय चोरी
-
२०७७ कार्तिक २१, शुक्रबार ०७:०४
अमेरिकामा भएको राष्ट्रपतीय चुनावमा जो बाइडेनको अग्रता कायमै


