इदगाहमा पुगे मेयर पदका उम्मेदवार विष्ट

  ।   २०७९ बैशाख २०, मंगलवार ०८:३५

नेपालगन्ज । नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले इस्लाम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड इदको शुभकामना दिनुभएको छ । आज विहानै इदगाहमा पुग्नुभएका विष्टले मुस्लिम समुदायको महत्वपूर्ण चाड इदको शुभकामना दिँदै सबै धर्म समुदायका चाड पर्वहरुलाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालगन्ज धार्मिक सद्भावको नमुना सहर भएकाले सबै समुदायले सबै धर्म संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार विष्टले एकआपसमा अंकमाल गर्दै इदको शुभकामना दिनुभएको हो । त्यसक्रममा मुस्लिम समुदायले आसन्न स्थानीय तहको निर्वाचनमा विजयीको शुभकामना दिएका थिए ।

Next Post

खजुरा गठबन्धनका अध्यक्षका उम्मेदवार तुफान द्वारा इदको शुभकामना

२०७९ बैशाख २०, मंगलवार ०८:३५
नेपालगन्ज । खजुरा गाउपालिका गठबन्धन( माओवादी/कांग्रेस) का अध्यक्षका उम्मेदवार डम्बर बिक तुफानले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदुल फित्रको उपलक्ष्यमा खजुराबासीलाई शुभकामना दिनु भएको छ । बैशाख ३० गते हुने निर्वाचनमा खजुराका मुस्लिमहरुले एकताबद्ध भएर गठबन्धनलाई मतदान गर्ने जनाएका छन् । मधेसी मुस्लिमको लागि लामो संघर्षगर्दै आएका नेता तुफानलाइ मतदान गर्नेमा […]