नेपालगन्ज । खजुरा गाउपालिका गठबन्धन( माओवादी/कांग्रेस) का अध्यक्षका उम्मेदवार डम्बर बिक तुफानले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदुल फित्रको उपलक्ष्यमा खजुराबासीलाई शुभकामना दिनु भएको छ ।
बैशाख ३० गते हुने निर्वाचनमा खजुराका मुस्लिमहरुले एकताबद्ध भएर गठबन्धनलाई मतदान गर्ने जनाएका छन् । मधेसी मुस्लिमको लागि लामो संघर्षगर्दै आएका नेता तुफानलाइ मतदान गर्नेमा आफुहरु ढुक्क भएको मुस्लिम धर्मावलम्बीहरुको एक स्वर छ । मुस्लिम, मधेसी लगायत सम्पुर्ण खजुराबासीका प्रिय पात्रका रुपमा परिचीत तुफान नै एकल बिजयी उम्मेदवार भएको खजुराबासीको मुल्यांकन छन् ।
तुफान बेगका साथ खजुरामा उडिरहनु भएको छ । आज बिहानै खजुराका मुस्लिम धर्मावलम्बीहरुको धार्मिक स्थल मै पुगेर सबै जातजातिलाई समान व्यबहार गरिने कुरामा आफू सचेत रहेको जनाउनु भयो ।