नन्दु जि मन्त्री क्वाटर पस्दा जुहारी कोट र कपडाहरु उपहार दिन नछोडनु- नेता शर्मा

  ।   २०७९ बैशाख ८, बिहीबार २२:०४

                         नेपालगन्ज । नेपालगन्ज माओवादी केन्द्रको भागमा मेयर नपरेपछि नगर माओवादीका नेता नन्दलाल वैश्य मेयर पदको लोभमा राप्रपा लिङ्देन समुहमा प्रवेश गरेका छन् । मेयर पद प्राप्त गर्न केन्द्र देखि प्रदेशका नेताहरूको कोटको धुलो झार्न पछि नपर्ने बैश्यलाइ नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य तथा नेपालगन्ज इन्चार्ज नवीन शर्माले यसरी भन्नुभयो, ´नन्दुभाई तिमिले लगाएको टीका र मखमली फुलको माला सुकेको छैन ।<span;>टीका लगाउदा दिएको आशिर्वाद लागोस ।तिमिलाई अग्रिम शुभकामना । तिमीले नेताहरुलाई अप्ठ्यारो पर्दा (मन्त्री क्वाटर पस्दा)जुहारी कोट र कपडाहरु उपहार दिन नछोडनु । कुनै मोडमा फेरि भेटौला ।`

माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) देखि केन्द्रिय नेता जो सुकै नेपालगन्ज आएपछि ज्यु हजुरी गर्ने बैश्य एकाएक पार्टी प्रवेश गर्नु अनौठो होइन नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष रतन बहादुर शाहीले बताउनु भयो । अध्यक्ष शाहीले बैश्यलाइ कार्वाही समेत गरिसकेको बताउनु भयो । नेपालगन्ज उपमहानगर इन्चार्ज शर्माले भने गतिलै झापड दिनु भएको छ । नेपालगन्जको मेयरमा माओवादीबाट सिफारिस हुनुभएको नवीन शर्मा, आदेश अग्रवाल र नन्दलाल बैश्य लगायत ५ जना थिए । मेयर पद नै भाग नपरेपछि नेता बैश्यको धैर्यताको बाध टुटेको छ । अब पद नपाइने भयो भन्दै हिजो बैशाख ७ गते साझ देखि नै भौतारी दै अन्ततः राप्रपामा प्रवेश गर्नु भयो । राप्रपामा प्रवेश गर्दै वैश्यले भन्नुभयो,´ मेरो मुख अँध्यारो छ किन थाहा छ, किनभने नेकपा माओवादीमा मैले मेयरको टिकट नपाउनु भन्दा नि भागै नपरेकोले म राप्रपामा प्रवेश गरेको हु` भन्दै गर्दा राप्रपाका नेताकार्यकर्ताले तररर ताली बजाए ।
यसरी टिपेर ल्याएका लोभिपापी लाई पार्टीको कुनै पनि नेतृत्वमा ल्याउन नहुने पाठ सिकेको नेपालगन्ज नगरका माओवादी नेताहरूले बताउन थालेका छन् ।  अझै वडा अध्यक्षका लागि नेताहरू दौडधुपमा छन्  । यता पद नपाए उता जाने हरुको लर्को त्यस्तै छ । अझै जसपा संग वडा अध्यक्षले बार्गेनिङ गर्ने गरेको सूचना प्राप्त भएको छ । बाँकि अपडेट ….अर्कोमा

Next Post

नेकपा एमालेले गर्‍यो चुनावी घोषणापत्र सार्वजनिक

२०७९ बैशाख ८, बिहीबार २२:०४
नेपालगन्ज । नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नु भएको हो । एमालेले केन्द्रबाट चुनावी घोषणापत्र र ७ सय ५३ वटै पालिकामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा […]