सवाल : वन्यजन्तुमैत्री पूर्वाधार निर्माण

साझा नेतृत्व सहितको एकतामा सरोकारवालाको जोड

  ।   २०८० जेष्ठ २६, शुक्रबार १३:१३

प्रेम विश्वकर्मा, बाँके ।

प्रकृति संरक्षण, भौतिक विकास निर्माणको कार्यमा समन्वय र सहजीकरण गरेर अघि बढ्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन ।

बाँके राष्ट्रिय निकुञ्ज कार्यालय ओभरीमा बिहीबार सम्पन्न वन्यजन्तु मैत्री पूर्वाधार निर्माण सम्बन्धि स्थानीय सरोकारवाला सँगको अन्तरक्रिया गोष्टिमा यस्तो जोड दिईएको हो । लुम्विनी प्रदेश सभाका सदस्य कृष्णा केसी (नमूना) ले साझा नेतृत्व सहितको एकतामा जोड् दिनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीयले सुविधा नपाउने, बाहिरकाले प्राकृतिक स्रोत साधानको दोहन गर्ने प्रवृति छ । अब संघ–संस्थाले पनि यहाँका जनताको आवाश्यकतामा आधारित कार्यक्रम ल्याउँदा जनताले राहतको महसुस गर्छन । मुख्य समस्यालाई पहिचान गरेर, थप समस्या पैदा नहोस ।’

निकुञ्ज कार्यालय र स्थानीय सरकारबीचको तालमेल, मध्यवर्ती संवेदनशिल क्षेत्रमा गरिने भौतिक विकास निर्माणका कार्य, जलवायु परिवर्तन, जैविक विविधताको संकट, प्रकृति संरक्षण र भौतिक विकास निर्माणको सवालमा प्रायः फागुन देखी शुरु हुने सरोकारवालाको बीचको द्वन्द्व, स्रोतसाधानको उपलब्धता र उपयोग लगायतका बिषयमा केही सवाल जवाफ समेत अन्तरक्रिया गोष्टिमा चल्यो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बर्दियाको सहयोगमा बाँके राष्ट्रिय निकुञ्ज कार्यालय ओभरी बाँकेले आयोजना गरेको गोष्टिमा वन्यजन्तु मैत्री पूर्वाधार निर्माण, वन्यजन्तु मैत्री पूर्वाधार निर्माण निर्देशिका २०७८, बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको पञ्चवर्षिय ब्यवस्थापन योजना (२०८०-०८१–२०८४-०८५) का बारेमा (एनटीएनसी) का सहायक संरक्षण अधिकृत उमेश पौडेल र निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

त्यसक्रममा बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ति क्षेत्रको पञ्चवर्षिय ब्यवस्थापन योजना आगामी साउन देखी कार्यान्वयन हुने जानकारी दिईयो । पाँच बर्षे अवधि योजनाको कुल बजेट १ अर्ब ४७ करोड २६ लाख ३९ हजार ८५६ रुपैयाँ रहेको छ । यसमध्ये ८४ करोड ४७ लाख ३० हजार ३२१ रुपैयाँ निकुञ्जको कोर क्षेत्र, मध्यवर्ती क्षेत्रको संरक्षण ब्यवस्थापनका कार्यक्रम प्रस्ताव गरिएको छ ।

यसैगरी प्रशानिक खर्च भने ६२ करोड ७९ लाख ९ हजार ५३५ रुपैयाँ अनुमान गरिएको छ । हालको ब्यवस्थापन योजना (२०७५-०७६–२०७९-०८०) को पहिलो संशोधन हो । यस योजनाको मुख्य लक्ष्य वन्यजन्तु संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनमा सुधार ल्याउने रहेको छ ।

बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा तराई भुपरिधि कार्यक्रम (ताल) का प्रबन्धक लक्ष्मण राज पौडेल, एनटीएनसीका प्रमुख अजित तुम्बाहाङफे, बैजनाथ ४ का वडा अध्यक्ष प्रेम बहादुर शाही, बैजनाथ १ का वडा अध्यक्ष रुप बहादुर मल्ल, कोहलपुर १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह, कोहलपुर १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्का, कोहलपुर २ का वडा अध्यक्ष हरी कठायत, विभिन्न मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिति, सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी, सीवीएपीयू, नेपाली सेनाका प्रतिनिधि लगायतको अन्तरक्रिया गोष्टिमा सहभागीता रहेको थियो ।

यो पनि हेर्नुहोस ।

  1. जैविक विविधता, वन्यजन्तुहरुको संरक्षण तथा अध्ययन, अनुसन्धानमा सक्रिय बन्दै एनटीएनसी बर्दिया
  2. “What A Shot”

Next Post

लुम्विनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

२०८० जेष्ठ २६, शुक्रबार १३:१३
संवाददाता । लुम्विनी प्रदेश सरकारले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ । आजको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषिलाई जोड दिइएको हो । धेरै पुराना कार्यक्रमलाई केही नयाँ नारा दिएर अगाडि प्रस्तुत गरिएको छ । भने […]