लुम्विनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

  ।   २०८० जेष्ठ २६, शुक्रबार १५:५८

संवाददाता ।

लुम्विनी प्रदेश सरकारले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ । आजको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषिलाई जोड दिइएको हो ।

धेरै पुराना कार्यक्रमलाई केही नयाँ नारा दिएर अगाडि प्रस्तुत गरिएको छ । भने केही नयाँ कार्यक्रममा रोजगारी तथा उत्पादनसँग जोडेर ल्याएको छ । नीति तथा कार्यक्रममा प्रदेशमा रहेका गौरवका आयोजनालाई उच्च प्राथमिकता दिँदै प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा निर्माणाधीन भौतिक संरचना सम्झौता अवधिभित्रै सम्पन्न गर्ने गरी तीव्रता दिइने उल्लेख छ ।

त्यस्तै नदी सभ्यतामा आधारित राजधानीमा सुविधा सम्पन्न सहर विकासका लागि जग्गा एकीकरण (ल्यान्ड पुलिङ) कार्य तदारुकताका साथ अगाडि बढाइनेछ ।

प्रदेश भित्रका सम्भाव्य स्थानमा नयाँ सहरको विकास गर्न प्रादेशिक सहरी विकास गुरुयोजना तयार गरी क्रमिक रूपमा कार्यान्वयन गर्न पाल्पाको रामपुर, कपिलवस्तुको महाराजगन्ज र दाङको कोइलावास तथा तुलसीपुरको सहरी पूर्वाधार विकास कार्यलाई अगाडि बढाउने उल्लेख छ ।

सार्वजनिक–निजी साझेदारीको अवधारणा अनुरूप १२ वटै जिल्लामा सहरी र बस्ती विकासका लागि सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गरिनेछ ।

पूर्णपाठ हेर्न यो लिंक खोल्नुहोस । Link

रातोपाटी डटकमबाट

Next Post

सर्प, बिच्छीले टोकेमा बेलैमा अस्पताल जाऔं

२०८० जेष्ठ २६, शुक्रबार १५:५८
संवाददाता, राप्तीसोनारी, बाँके । सर्प दशं उपचार केन्द्र ओभरी बाँकेमा २०८० बैशाख महिना देखी २७ जेठ सम्म २ जनाले उपचार सेवा लिएका छन । यस्तै गत बर्ष २०७९ सालमा भने ३५ जनाले सेवा लिएका थिए । जसमध्ये एक जनालाई मात्र जटिल खालको स्वास्थ्य समस्या देखिएको थियो । सर्पले टोकेका जटिल […]

सम्बन्धित शीर्षक