सर्प, बिच्छीले टोकेमा बेलैमा अस्पताल जाऔं

  ।   २०८० जेष्ठ २८, आईतवार १२:०६

संवाददाता, राप्तीसोनारी, बाँके ।

सर्प दशं उपचार केन्द्र ओभरी बाँकेमा २०८० बैशाख महिना देखी २७ जेठ सम्म २ जनाले उपचार सेवा लिएका छन । यस्तै गत बर्ष २०७९ सालमा भने ३५ जनाले सेवा लिएका थिए । जसमध्ये एक जनालाई मात्र जटिल खालको स्वास्थ्य समस्या देखिएको थियो ।

सर्पले टोकेका जटिल खालका विरामीहरुको भेरी अस्पताल नेपालगंजमा उपचार गरिन्छ । गर्मी र धेरै पानी परिरहे सर्पको जोखिम हुन्छ । खासगरी तराईका जिल्लाहरुमा विषालु सर्पको टोकाईबाट समयमा उपचारको अभावमा ज्यान गुमाउनुपर्ने वाध्यता छ ।

त्यसकारण सर्पले टोकीहाले जति सक्यो छिटो अस्पताल पुग्नु पर्छ । झारफुक वा अन्य कुनै पनि तरिकाले उपचार गर्नु भनेको ज्यान खतरामा पार्नु हो । आफनो घर, आँगन सफा राख्ने, सानो ठुलो प्वाल, खाल्डीखुल्डी भए, बन्द गर्ने र मुसा भए नियन्त्रण गर्ने ।

सुत्ने बेला होस अथवा दैनिक कामकाज गर्दा राम्ररी ख्याल गर्ने, नियमित झूल लगाएर मात्रै सुत्ने, कुखुरा, भ्यागुता, मैना चरा फरक आवाजले कराउँदा सचेत रहने, किन की त्यहाँ सर्प हुन सक्छ । सर्प देखेमा त्यसलाई नचलाउने, होहल्ला नगर्ने । संम्भव भएसम्म सर्प उद्दार टोलीलाई खबर गर्ने गर्नुपर्छ ।

Next Post

सर्वोच्चमा प्रचण्ड र बाबुरामविरुद्ध रिट दर्ता (के छ, रिटमा) हेर्नुहोस

२०८० जेष्ठ २८, आईतवार १२:०६
संवाददाता । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेता डाक्टर बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र […]