नेकपा माओवादी केन्द्र बाँकेले गर्‍यो श्रद्धाञ्जली सभा

  ।   २०८० असार २९, शुक्रबार ००:२५

सविता चन्द

नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँकेले सीता आमाको फोटोमा अबिर र पुस्प गुच्छा अर्पण गर्दै श्रद्धाञ्जली सभा आयोजना गरेको छ । नेकपा माओवादी केन्द्रका सल्लाहकार तथा प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड) पत्नी समेत रहनु भएकी सीता आमालाई बिहीबार नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले बाँके जिल्ला पार्टी कार्यालय नेपालगन्जमा श्रद्धाञ्जली अर्पण गरेका हुन् ।    श्रद्धाञ्जली सभामा प्रमुख अतिथि पार्वती पुन (उषा) ले सीता आमाले जनयुद्धको समयमा खेलेको भूमिकाको स्मरण गर्नु भयो । सीता आमाले रोल्पा र रुकुमका विभिन्न बस्तीमा भुमिगत रुपमै धेरै दु:ख उठाउनु भएकोले आज उहाले राजकीय सम्मान पाएको बताउनु भयो । बिशिस्ट अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद माननीय कृष्णा केसी (नमूना) ले आफूले प्रधानमन्त्री प्रचण्डको सचिवालयमा काम गर्ने मौका पाएको बेला सीता आमालाई नजिकबाट चिन्ने मौका पाएको बताउनु भयो । माननीय नमुनाले भन्नुभयो,´ सीता आमा बास्तबमा अध्यक्ष प्रचण्डको श्रीमती मात्र होइन, उहाँ राष्टकै आमा हो । जनयुद्धताका मात्र नभएर पार्टीका हरेक अप्ठ्यारा कालखण्डमा सीता आमाले आफ्नो अमुल्य योगदान दिनुभएको छ ।` त्यस्तै लुम्बिनी प्रदेश सहसचिव अकल बहादुर बमले सीता आमाले खेलेका भुमिकाको ब्याख्या गर्नु भयो । बमले भन्नुभयो, ´ १० बर्षे जनयुद्धबाट आज हामी यो ठाउँमा आई पुगेका छौँ । यो ठाउँमा ल्याई पुराउन सीता आमाको ठूलो योगदान रहेको छ ।`     
सभाका अध्यक्ष जिल्ला संयोजक नेरेन्द्र प्रसाद पाण्डे (जेम्स) ले नेपाली क्रान्तिकै आमा सीता आमा भन्दै उहाले खेलेका बिशेष-बिशेष काल खण्डको स्मरण गराउनु भयो । अध्यक्ष पाण्डेले भन्नुभयो,´हामी सबैको अभिभावक सीता आमाले संकट कालको बेलामा कम्रेड किरण पक्राउ परेको दिन, हाम्रो आदरणीय सीता आमाको ब्रम्माले आज केही अनिस्ट हुँदै छ, भन्ने कुरा  नदेखेको भए सायद आज नेपाली क्रान्ति काहाँ पुग्थ्यो होला ? मैले अहिले नयाँ क्रान्ति भएको महसुस गरेको छु ।` सभामा सयंको संख्यामा नेता कार्यकर्ता उपस्थित भएका थिए भने कार्यक्रम संचालन जिल्ला सचिव डिल्ली बराल (अमिर) ले गर्नु भएको थियो ।

Next Post

डुडुवा गापामा असार ३१ गतेदेखी बर्खे विदा

२०८० असार २९, शुक्रबार ००:२५
संवाददाता, नेपालगंज । डुडुवा गाउँपालिका कार्यालय बाँकेले यही असार ३१ गते आइतबारदेखी पालिकाको शैक्षिक क्यालेन्डर अनुसार विद्यालयमा बर्खे विदा दिने भएको छ । बिहीबार शिक्षा युवा तथा खेलकुद शाखाले एउटा सूचना जारी गरी बर्खे विदा बारेमा जानकारी गराएको हो । बर्खे विदा साउन २४ गते सम्म कायम रहनेछ । विदाका […]