एकै दिन वडा कार्यालय उद्घाटन  र ४ समिति गठन : माओवादी केन्द्र नेपालगन्ज

  ।   २०७८ फाल्गुन २२, आईतवार २०:११

नेपालगन्ज । नेकपा माओवादी केन्द्र नेपालगन्जले स्थानीय निर्वाचन लक्षित संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियान कार्यक्रम प्रत्येक वडाका टोलटोल र बस्ती बस्तीमा पुर्‍याउदै आएको छ ।
अभियान अन्तर्गत आइतबार वडा नम्बर ६ को वडा पार्टी कार्यालय उद्घाटन गरिएको छ । माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य डिल्ली बरालले एक कार्यक्रमबीच सो कार्यालयको उद्घाटन गर्नु भएको हो । उद्घाटन संगै चारवटा विभिन्न जनवर्गीय संगठनहरुको कमिटी गठन गरिएको वडा अध्यक्ष झुपलाल रावतले जानकारी दिनु भयो ।
नेपालगन्ज उपमहानगर कमिटीको संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियानको निर्णय अनुसार ६ नम्वर वडामा पनि पार्टी कार्यालय संचालनमा ल्याइएसंगै विभिन्न जनवर्गीय संगठनहरुको निर्माण कार्य सुरु गरिएको उहाँले बताउनु भयो ।
आजै ६ नम्बर वडामा पप्पु अलि हलवाईको अध्यक्षतामा ११ सदस्यीय मुश्लिम मुक्ति मोर्चा, बिजय कुमार सोनीको अध्यक्षतामा ९ सदस्यीय मधेसी मुक्ति मोर्चा, सागर पाण्डेको अध्यक्षतामा ११ सदस्यीय वाईसीएल र धनसरी परियारको अध्यक्षतामा ९ सदस्यीय दलित मुक्ति मोर्चा गरी चारवटा कमिटी गठन गरिएको अभियानका टोली संयोजक वसन्त मल्लले जानकारी दिनु भयो ।
माओवादी केन्द्र नेपालगन्जले गत फागुन १५ गतेदेखि नगरका २३ वटै वडामा संगठन सुदृढकरण बिस्तार तथा जनपरिचालन अभियानका लागि उपमहानगर कमिटीका उपाध्यक्ष बसन्त मल्ल, तारा प्रसाद खत्री र गोपाल पुनको नेतृत्वमा तीनवटा टोली परिचालित गरी एक महिने अभियान जारी राखेको छ । ६ नम्बर वडामा बसन्त मल्ल नेतृत्वको टोलीले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमलाई माओवादी लुम्बिनी प्रदेश सदस्य डिल्ली बराल, नबिन शर्मा, जिल्ला समन्वय सदस्य आदेश अग्रवाल, नगर अध्यक्ष रतन शाही, उपाध्यक्ष वसन्त मल्ल, सचिब प्रेम शाह, सहसचिब नन्दलाल वैश्य, कोषाध्यक्ष कश्मिरा खातुन, महिला नेतृ तारा कुमारी खत्री लगायतले सम्बोधन गर्नु भएको थियो ।

Next Post

रमवापुरमा राँगा, भैसी खरिद विक्री गर्न, पशु हाट बजार संञ्चालन

२०७८ फाल्गुन २२, आईतवार २०:११
प्रेम विश्वकर्मा, जानकी, बाँके । कोभिड–१९ को संक्रमण दर घटे सगैं स्थानीय स्तरमा मेला, महोत्सव तथा हाट बजारहरु फेरी संञ्चालन हुन थालेका छन । कोभिडको कारण लामो समयदेखी संञ्चालन हुन नसकेको बाँकेको जानकी गाउँपालिका ३, रमवापुरमा पनि पशु हाट बजार संञ्चालन गर्न थालीएको हो । साप्ताहिक रुपमा प्रत्येक शनिबारका दिन संञ्चालन […]