हिरासत बाटै समाचार लेख्ने पत्रकारलाई सुइक्याइदिन निर्देशन

  ।   २०७७ चैत्र १६, सोमबार १७:२४

संवाददाता, नेपालगंज ।
समाचारको बिषयलाई लिएर पत्रकार हेमन्त चौधरी माथी बाँकेको राप्तीसोनारी गाउँपालिका ३ बैजापुरमा आक्रमण भएको छ । आज चौधरीले आफनो सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

‘कस्तो खालको अराजकता हो ? समाचार लेखेको भन्दै सुइक्याइदिने उनको हिरासत बाटै निर्देशन छ रे ?’ हेमन्त चौधरी नेपाल पत्रकार महासंघ बाँके शाखाका साधारण सदस्य हुनुहुन्छ ।

पत्रकार चौधरीले कुन समाचार र कसको निर्देशनमा कसले आक्रमण गरेको भन्ने कुुरा भने केही खुलाउनु भएको छैन ।

अपडेट…

Next Post

सबै राज्यमा स्वास्थ्य मापदण्ड पालना गर्न बाइडेनको अपिल

२०७७ चैत्र १६, सोमबार १७:२४
काठमाण्डाै | अमेरिकाका राष्ट्रपति जो बाइडेनले सबै राज्य र सहरहरुमा मास्क लगाउन प्रोत्साहित गर्न गभर्नर एवम् मेयरहरुलाई अपिल गर्नुभएको छ । काेरोना महामारीबारे भएको पत्रकार सम्मेलनमा उहाँले महामारी पूर्णरुपमा उन्मूलन भइनसकेकोले अनिवार्य मास्क लगाउन आवश्यक रहेको र त्यसका लागि प्रोत्साहित गर्न आग्रह गर्नुभएको हो । मानिसहरुकाे लापरबाहीका कारण कोरोना सङ्क्रमणको […]