अमेरिकी सेना फिर्ता हुन थालेसँगै अफगानिस्तानको सुरक्षा अवस्था बिग्रियो : राष्ट्रपति घानी

  ।   २०७८ श्रावण १९, मंगलवार ०८:१४

काठमाण्डौ । अमेरिकी सेना फिर्ता हुन थालेसँगै अफगानिस्तानमा हिंसाका घटना बढ्दै गएका छन् । तालिबानले आफ्ना हिंसात्मक घटना र आक्रमणलाई बढाउँदै लगेको छ । पछिल्लो पटक लस्कर गाहसहित केही सहरमा तालिबान समूहले आक्रमण गरेको थियो । तर सरकारी सेनाले आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।

सुरक्षा अवस्था सुधार गर्न अफगान सरकारले ६ महिने सुरक्षा योजना सुरुवात गर्ने घोषणा गरेको छ । अमेरिकी सेना अचानक फिर्ता भएपछि सुरक्षा अवस्था बिग्रेको भन्दै अफगानिस्तानका राष्ट्रपति असरफ घानीले चिन्ता व्यक्त गर्नुभएको छ ।

अमेरिकी नेतृत्वको उत्तर एटलान्टिक सैनिक सङ्गगठन नेटोलाई फिर्ता लिने आकस्मिक निर्णय गरेको घानीले बताउनुभएको समाचार संस्था एएनआईले जनाएको छ । उहाँले वासिङ्टनलाई यो निकासले गलत परिणाम ल्याउने समेत टिप्पणी गर्नुभएको छ ।

राष्ट्रपति घानीले अफगानिस्तानले अस्तित्वको परीक्षणको सामना गरिरहेको अवस्थामा सफलता हासिल गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

Next Post

साझा कार्यक्रमको मस्यौदा तयार : अन्तिम रुप दिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने

२०७८ श्रावण १९, मंगलवार ०८:१४
काठमाण्डाै | सरकार सञ्चालनका लागि साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार भएको छ । सत्तारुढ गठबन्धनको कार्यदलले बुँदागत रुपमा मस्यौदा तयार पारेको हो । मस्यौदामाथि आज पनि छलफल हुने कार्यदलका सदस्य केशवराज जोशीले जानकारी दिनुभयो । मस्यौदाको अन्तिम टुङ्गो लागेपछि मात्रै सार्वजनिक गर्ने तयारी छ । गठबन्धनले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको […]