आर्थिक विकास र समृद्धि हासिल गर्न अन्तर पार्टी एकता आवश्यक

  ।   २०८० पुष १७, मंगलवार ०९:१३

सबिता चन्द

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले सोमबार ४८औं ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’को अवसरमा नेपालगन्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले लोकतान्त्रिक गणतन्त्रलाई अझ समुन्नत र सुदृढ बनाउँदै मुलुकमा आर्थिक विकास र समृद्धि हासिल गर्न अन्तर पार्टी एकता र मेलमिलापमा जोड दिइएको छ ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्व एवम् कांग्रेस नेता एवम् पूर्व पार्टी सभापति सनतकुमार रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बक्ताहरुले त्यो बेलाको मिसन र अहिलेको सन्दर्भ फरक रहे पनि आपसी एकता, विश्वास र मिलमिलाप हिजोआज पनि उत्तिकै जरुरी रहेको बताए ।

कार्यक्रममा संविधानसभा सदस्य एवम् लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला), नेपाली कांग्रेसका नेता एवम् प्युठानका पूर्व सभापति दिवाकर गौतम, नेकपा एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसी, जसपा बाँके अध्यक्ष एवम् नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, राष्ट्रिय जनमोर्चाका नेता कृष्णराज पाण्डे लगायतले बोल्नुभएको थियो । दलहरुले आफ्नो चरित्र र कार्यशैली बदल्नुपर्नेमा जोड दिँदै बक्ताहरुले अहिले राष्ट्रिय एकता र मेलमिलाप संकटमा परेको टिप्पणी समेत गरेका थिए ।

नेपाली कांग्रेस वडा नम्बर १२ का सभापति रामु चिडिमारले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको कार्यक्रममा पार्टी उपसभापति कृष्णबहादुर कार्कीले धन्यवाद ज्ञापन तथा संचालन सचिव सुधांशु कोइरालाले गर्नुभएको थियो ।  कार्यक्रममा उच्च अदालत नेपालगन्ज बारका अध्यक्ष चित्रबहादुर शाही, जिल्ला अदालत बारका अध्यक्ष मेहरसिंह खत्री तथा हालै भारतमा सम्पन्न ‘वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिप’मा स्वर्ण पदक विजेता डा. प्रतिक श्रेष्ठ लगायत अन्य पदक विजेतालाई सम्मान गरिएको थियो ।

Next Post

बाँकेको बालसुधार गृहका नाबालक कैदी र प्रशासनबिच सहमति

२०८० पुष १७, मंगलवार ०९:१३
नेपालगन्ज । बाँकेको नौबास्तास्थित बालसुधार गृहका नाबालक कैदी र स्थानीय प्रशासनको बिचमा ५ बुँदे सहमति भएको छ । सहमतिसँगै १४ पुसबाट सुधार गृहमा शुरु भएको विवादको शृङ्खला टुङ्गिएको छ । बैजनाथ गाउँपालिका–२ स्थित बाँके बाल सुधार गृहका कैदीहरूका आधारभूत मागहरू सम्बोधन गर्ने सहमति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले […]