संवाददाता, नेपालगंज।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंजले आर्थिक वर्ष २०७७-०७८ मा ४ सय ७१ वटा ब्यवसायिक फर्महरु खारेज गरिदिएको छ । यस्तै १० वटा साझेदारी फर्म खारेज गरेको छ ।
एक आर्थिक बर्षको अवधिमा ५ सय ४३ वटा व्यावसायिक फर्म र उद्योगहरुको अनुगमन गरिएको गरियो । जसमा लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ्ग र प्युठान र कर्णाली प्रदेशको सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगु जिल्ला रहेका छन ।
अनुगमन गरिएका मध्ये १ सय ६० वटा व्यवसायिक फर्म एवं उद्योग सामान्य अवस्थामा रहेको पाइएको छ । यस्तै ३ सय ४३ वटा व्यवसायिक फर्म एवं उद्योग तत्काल आवश्यक सुधारका लागि निर्देशन दिईएको र ३१ वटा व्यवसायिक फर्म एवं उद्योगहरुलाई जरिवाना सहित कारवाही गरिएको कार्यालय द्धारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
त्यसैगरी ९ वटा व्यवसायिक फर्म एवं उद्योगहरुको कारोबार रोक्का गरिएको र ७ वटा व्यावसायिक फर्म एवं उद्योगहरुबाट उत्पादित वस्तुको नमुना परिक्षण गरिएको छ ।
त्यसैगरी २ हजार ३ सय १५ नयाँ व्यवसायिक फर्म दर्ता भएका छन् भने २ हजार १ सय ४५ पुराना व्यवसायिक फर्महरु नवीकरण भएका छन् । १ हजार ५ सय ४३ वटा व्यवसायिक फर्म संशोधन भएका छन ।
साझेदारी फर्महरू २६ नयाँ दर्ता, ४५ वटा नवीकरण र १७ वटा संशोधन भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंजका सूचना अधिकारी देवीलाल चौलागाईले जानकारी दिनुभएको छ ।
जारी प्रेस नोट :