आज जोरको पालो बिजोर नम्बर प्लेटका गाडी ननिकाल्नुस

  ।   २०७७ भाद्र १०, बुधबार ०८:३०

बाँकेमा जोरबिजोरको नियम लागु भैरहेको छ भने आज बुधबार जोर नम्बरका गाडि मात्र चलाउन पाइने छ । जिल्ला प्रशासन कार्यालय बाँकेको सूचना अनुसार जिल्लाभित्र बिजोर नम्बरका सवारीसाधन चलाउन निषेध गरीएको हो ।

लकडाउनको बिकल्पका रुपमा बाँकेमा सवारीसाधन जोरबिजोर प्रणाली लागु गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनु भयो । बिशेष गरि दोस्रो चरणको लकडाउन खुलेसँगै बाँकेका सवारिसाधनमा जोरबिजोर प्रणालि लागू गरिएको थियो ।

जिल्लामा कोरोना संक्रमण भयावह कतिखेर हुन्छ भन्न सकिदैन भन्दै प्रजिअ कुरुम्बाङले जोखिम न्यूनीकरण गर्न यो नियमको लागु गरिएको बताउनु भयो । प्रजिअ कुरूम्वाङले आज नम्बर प्लेटको अन्तिममा ०, २, ४, ६ र ८ नम्बर रहेका सवारिसाधन मात्र संचालन गर्न आग्रह गर्नुभएको छ ।

Next Post

आज बाँकेमा ६ जना कोरोना संक्रमितको डिस्चार्ज १ को मृत्यु

२०७७ भाद्र १०, बुधबार ०८:३०
बाँकेका विभिन्न आइसोलेसनबाट आज बुधबार ६ जना डिस्चार्ज हुदैछ्न भने १ जनाको मंगलबार राती १ बजेर ३० मिनेटमा मृत्युु भएको छ । स्वस्थ्य फोकल पर्शन नरेश बाबु श्रेष्ठका अनुसार हालसम्म ८ सय ४४ जना कोरोना संक्रमित मध्य ६ सय ६० जनाको डिस्चार्ज भएको छ । विभिन्न आइसोलेसनमा १ सय ९७ […]