खजुराका अध्यक्ष तुफानद्वारा वडा कार्यालय उद्घाटन

  ।   २०८१ भाद्र ३, सोमबार २२:२५

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय भवनको साेमबार उद्घाटन गरिएको छ ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक (तुफान ) र उपाध्यक्ष मन्जु मल्लले  वडा कार्यालय भवनकाे उद्घाटन गर्नुभएको हाे।

भवनको उदघाटन गर्दै अध्यक्ष डम्बर बहादुर विक (तुफान)ले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउनुभयो । नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

हामिले चुनावमा गरेकाे एउटा  महत्त्वपूर्ण  प्रतिबद्धता  पुरागरेका छाै। चुनावकाे बेला वडा नं ४काे वडा भवन  वनाउछु भनेर  प्रतिबद्धता गरेका थियौं  पूरा गरियाे अध्यक्ष विकले भन्नुभयो ।

भवन उद्घाटन कार्यक्रममा बाेल्दै खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले वडा कार्यालय भवन निर्माणसँगै नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

व्यवस्थित वडा कार्यालय भवन निर्माण भएको छ, यसले कर्मचारी र सेवाग्राही सबैलाई सहजसँगै सेवा प्रभावकारी बन्ने र स्थानीय तहबाटै व्यवस्थीत सेवा प्रवाहमा सहज हुने उनको भनाइ छ ।

उपाध्यक्ष मल्लले नागरिकलाई सेवा प्रवाह गर्ने नजिकको सरकार वडा कार्यालय भएको बताउँदै वडाबाट दिइने सेवाहरू जति व्यवस्थित तरिकाले दिन सक्यो त्यति नै नेपालको सविंधान कार्यन्वयन भएको नागरिकहरूले अनुभुति गर्ने बताउनुभयो ।

वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर राेकायले वडा कार्यालय भवन निर्माणका लागि सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद दिए। भवन उद्घाटन कार्यक्रम खजुरा गाउँपालिका प्रमुख प्रशासकीय बस बहादुर राना वडा नम्बर २का वडा अध्यक्ष धनराम वली , विभिन्न राजनीति दलका प्रतिनिधि , स्थानीय नागरिक लगाएतकाे सहभागीता रहेको थियोे ।

Next Post

बाढी सम्बन्धि परियोजनाको प्लान नेपालद्धारा अनुगमन

२०८१ भाद्र ३, सोमबार २२:२५
नेपालगन्ज । प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनको नेतृत्वमा आएको एक उच्चस्तरीय टोलीले बर्दियामा सञ्चालन गरिएको बाढी सम्बन्धि परियोजनाको स्थलगत अनुगमन गरेको छ । युके एड र स्टार्ट फण्ड नेपालको सहयोगमा प्लान इन्टरनेशनल नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा बर्दियाको गुलरियामा सञ्चालन गरिएको ‘एन २३ एन्टिसिपेसन हैभी रैन फल एण्ड […]