प्रधानमन्त्री वलीको निर्णय संगै कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठानमा विशेषज्ञ डाक्टर बन्ने ढोका खुल्यो

  ।   २०७७ भाद्र ९, मंगलवार २३:३६

नेपालगन्ज । जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले चिकित्सा बिज्ञान स्नातकोत्तर तहको शिक्षा(MDGP,MD, anesthiesia र MD Pediatrics) मा अध्यापन अनुमति प्राप्त गरेको छ । साउन ३० गते सम्पन्न माननीय प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपि शर्मा ओलीको अध्यक्षता बसेको बैठकले गरेको निर्णयको आज मंगलबार अध्यापन अनुमती दुने निर्णय प्रमाणित गरिएको हो ।

लामो समय देखि ओझेलमा परेको कर्णालीले एतिहासिक उपलब्धि प्राप्त गर्‍यो भन्दै प्रदेश सांसद तथा प्रदेश कानुन मन्त्री नरेश भण्डारीले फेसबुक (अनुहार पुस्तिका) लेख्नु भएको छ । मन्त्री भण्डारीले भन्नुभयो,” सेतो हिउमा सेतै एप्रुन लगाएका विशेषज्ञ चिकित्सक उत्पादन गर्ने सपनाले एक हदसम्म सार्थकता हासिल गरेको छ ।” मन्त्री भण्डारीले अझै लेख्नु भएको छ,” कर्णालीले मुलुकका लागि विशेषज्ञ डाक्टर उपलब्ध गराउने अवसर पाएको छ ।” साथै उहाले प्रधानमन्त्री ओली, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, कासका पदाधिकारीहरु लगायतलाई आभार व्यक्त गर्नु भएको छ ।
मन्त्री भण्डारी संबिधान सभाको सांसद भएका बेला कर्णाली स्वस्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा स्थापना गर्न महत्त्वपूर्ण भुमिका खेल्नु भएको थियो भने संघीयता संगै कर्णालीको बिकासमा एक पछि अर्को फड्को मार्ने क्रम जारी छ । प्रधानमन्त्री मन्त्री ओलीले गरेको यो निर्णयले कर्णाली बासिहरुलाइ उत्साही बनाएको छ ।

विशेषज्ञ डक्टर बन्न कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा ढोका खुले संगै कर्णाली प्रदेश कै उचाई बढेको बिष्लेषकहरुले विश्लेषण गर्न थालेका छन् । सानातिना समस्या पर्दा सुर्खेत, नेपालगन्ज र काठमाडौ उपचार गराउन जानुपर्ने बाध्यता हटेको छ । अब अन्य प्रदेश र जिल्लाबाट उपचार र अध्यन गर्न जुम्ला जानु पर्ने वातावरणको सृजना भएको छ ।

Next Post

प्रदेश ५ का मुख्यमन्त्रीका स्कर्टिङका प्रहरी र चालकमा कोरोना संक्रमण

२०७७ भाद्र ९, मंगलवार २३:३६
रूपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलेको स्कर्टिङका ४ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालयको प्रशासन शाखामा कार्यरत एक प्रहरी जवानको श्रीमतीमा संक्रमण देखिएपछि उनको नजिकको सम्पर्कमा रहेकाहरुको ट्रेसिङ गर्ने क्रममा मुख्यमन्त्रीका सुरक्षामा खटिएका दुई प्रहरी जवान, एक हवल्दार र एक चालकमा संक्रमण […]