देशभर मौसम बदली‚ पाँच प्रदेशमा भीषण वर्षाको सम्भावना

  ।   २०७८ भाद्र १, मंगलवार ०६:४२

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

मंगलबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिनुभयो ।

दिउँसो पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भने मेघ गर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

Next Post

उद्धारका लागि अफगानिस्तानमा रहेका १ सय ३४ नेपालीले विवरण टिपाए

२०७८ भाद्र १, मंगलवार ०६:४२
काठमाण्डौ । अफगानिस्तानमा रहेका १ सय ३४ नेपालीले आफ्नो विवरण टिपाएका छन् । कन्सुलर सेवा विभागको वेबपोर्टलमा हिजो बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुलाई एकरदुई दिनमै स्वदेश फर्काउने तयारी छ । रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था एकिन गरि आवश्यक समन्वयका […]