सुदूरपश्चिम सरकारले प्राकृतिक प्रकोपबाट मृत्यु भएका परिवारलाई एक लाख राहत दिने

  ।   २०७७ भाद्र ५, शुक्रबार ०८:५०

बैतडी । सुदूरपश्चिम प्रदेश सरकारले प्राकृतिक प्रकोपबाट मृत्यु भएको परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

बाढी, पहिरो तथा डुबानमा परी मृत्यु भएका परिवारलाई उक्त रकम राहत स्वरुप दिने प्रदेश सरकारले निर्णय गरेको हो। प्रदेश मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले नौवटै जिल्लामा प्राकृतिक प्रकोपबाट ज्यान गुमाएकाहरुका परिवारलाई राहत दिने निर्णय गरेको हो। उक्त रकम सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रदान गरिनेछ।

यस्तै, प्राकृतिक प्रकोपमा परी घाइते भएका व्यक्तिको प्रदेश सरकारले नै उपचार गर्ने भएको छ। यस्तै, बैठकले प्रदेश विपद् कोषमा एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ। कोषबाट दोहोरो नपर्ने गरी उक्त रकम विपदका कारण जनधनको क्षति व्यहोरेका परिवारलाई राहत सामग्री र बसोबास व्यवस्थापनमा खर्च गरिने जनाइएको छ।

मन्त्रालयहरुले विषयगत कार्यालयमार्फत विपदका घटनाबाट भएको भौतिक क्षतिको विवरण फरक नपर्ने गरी तत्काल उपब्ध गराउने, भौतिक पूर्वाधार मन्त्रालयले बाढी प्रभावित जिल्लामा अवरुद्ध सडक, खानेपानी, सिंचाइ, कुलो लगायतका संचरना सूचारु गर्न शीघ्र काम थाल्नुपर्ने र सामाजिक विकास मन्त्रालयले तत्काल औषधी र चिकित्सक व्यवस्थाप गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। थाहाखबर

Next Post

भीमदत्त नगरपालिकाद्वारा पिसिआर मेसिन खरिद

२०७७ भाद्र ५, शुक्रबार ०८:५०
कञ्चनपुर । भीमदत्त नगरपालिकाले ३८ लाखमा कोरोना संक्रमण परीक्षणका लागि पिसिआर मेसिन खरिद गरेको छ। नगरपालिकाले बोलपत्र आह्वान गरेअनुसार सुदिप इन्टरनेशनले पिसिआर मेसिन खरिद गरी नगरपालिकालाई उपलब्ध गराएको हो। नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना संक्रमणको परीक्षण दायरा बढाउन नगरपालिकाले खरिद गरेको मेसिन कार्यालयमा पुगेको बताउनुभयो । मेसिनलाई छिट्टै महाकाली अस्पताललाई […]

सम्बन्धित शीर्षक