अफगानिस्तानमा हिंसा रोक्न ३१ प्रान्तमा कर्फ्यु

  ।   २०७८ श्रावण १०, आईतवार ०७:१२

काठमाण्डौ । तालिबानको आक्रमण बढेपछि अफगानिस्तानमा निषेधाज्ञा लागू भएको छ ।

हिंसा रोक्न र तालिबानले कब्जा गरेका ठाउँलाई नियन्त्रणमा लिन रातमा निषेधाज्ञा लगाइएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ ।

३४ प्रान्तमध्ये ३१ प्रान्तमा राति १० बजेदेखि बिहान ४ बजेसम्म निषेधाज्ञा लागू भएको हो । तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने धेरैजसो जिल्लामा कब्जा गरेको छ ।

हिंसा रोक्न र तालिबानी आन्दोलनलाई सीमित गर्नका लागि काबुलसहित देशभरिका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु लागू भएको अफगानिस्तानको आन्तरिक मन्त्रालयका प्रवक्ता अहमद जिया जियालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

अमेरिकी सेना फिर्ता तयारीसँगै तालिबान समूहले देशभर हिंसाका घटना बढाएको छ ।

Next Post

आज केही स्थानमा भीषण वर्षाको सम्भावना‚ यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

२०७८ श्रावण १०, आईतवार ०७:१२
काठमाडौं । देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेकाले आगामी तीन नै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त अवधिमा केही प्रेदशका थोरै स्थानमा भीषण वर्षाको पनि सम्भावना रहेको छ। महाशाखाका अनुसार आइतबार बिहान देशभरको मौसम सामान्य बदली रही प्रदेश १, बागमती र […]