माओवादी नेत्री कस्मिरा नेपालगन्ज-२ को बलियो अध्यक्षको उम्मेदवार

  ।   २०७९ बैशाख १४, बुधबार २१:२८

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का माओवादी केन्द्रका तर्फबाट अध्यक्षको उम्मेदवारी दर्ता गराउने कस्मिरा खातुन बलियो उम्मेदवारका रुपमा खडा भएकी छन् ।

सदियौ देखि पुरुष हाबी हुँदै आएको समाजमा अध्यक्षका रुपमा महिला उम्मेदवार खडा हुनु  महिलाहरूका लागि अवसर हो । नेपालगन्ज-२ का महिलाहरुले मात्र भए पनि कस्मिरालाइ मतदान गरेको खण्डमा कस्मिरा सहजै बिजयी बन्नेछन् । कस्मिराले महिला मैत्री वडा बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । पुस्तौंदेखि पुरुषले मात्र नेतृत्व पाउने हाम्रो समाजमा पहिलो पटक नेपालगन्ज २ मा नेतृत्व पाएकी कस्मिरालाइ बिजायी गराउनु पर्ने दबाब बढ्दै गएको छ ।

घरदैलो अभियानमा लागेकी कस्मिरा खातुन भन्छिन्, ´ महिला दिदीबहिनीहरुले मात्र साथ दिए म बिजयी हुन्छु । पुरुष प्रदान समाजमा लैङ्िगक न्यायको अभाव छ । त्यसैले पनि मलाई बिजयी गराउनु होस् ।` सफल महिला उद्धमीका रुपमा परिचीत कस्मिरा पछिल्ला दिनमा बेस्सरी समाज सेवामा लागेकी छन् । सयौं जना महिला दिदीबहिनीहरुलाइ रोजगारी समेत दिइरहेकी कस्मिरा नेपालगन्ज-२ मा बिजयी उम्मेदवारका रुपमा स्थापित भएकी छन् ।

Next Post

नेपालगन्ज १८ मा माओवादीका प्रतिबद्धता पत्र सर्बजनिक

२०७९ बैशाख १४, बुधबार २१:२८
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा माओवादी केन्द्रले प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ । नेकपा माओवादी केन्द्रका बाँके समन्वय समिति सचिव डिल्ली बरालको प्रमुख अतिथ्यतामा आयोजना गरिएको सो कार्यक्रममा जिल्ला, नगर र वडा तहका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । जनताका आवश्यकतालाई आफ्ना आवश्यकता जस्तै ठानेर काम […]