सरकार र शिक्षक बीच ६ बुदे सहमति

  ।   २०८० आश्विन ५, शुक्रबार २०:३६

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शुक्रबार अपराह्न सिंहदरबारस्थित गृह मन्त्रालयमा सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच ६ बुँदे सहमति भएको हो ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले सरकार र शिक्षकबीच ६ बुँदे सहमति पत्रमा हस्ताक्षर हुने तयारी भएको जानकारी दिनुभयो । गृहमन्त्री श्रेष्ठको नेतृत्वमा वार्ता भएको हो । वार्तामा शिक्षामन्त्री अशोक राई, कानुनमन्त्री धनराज गुरुङ, शिक्षा सचिव सुरेश अधिकारीसहित गृह, अर्थ र कानुन मन्त्रालयका सचिवहरु सहभागी हुनुहुन्छ ।

यसअघि बिहीबार सरकार र शिक्षकबीच दुई चरणमा छलफल भएको थियो । यही असोज ३ गतेदेखि विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपाल शिक्षक महासंघ १८ बुँदे माग राख्दै आन्दोलनमा छ ।

 

Next Post

रोजगार प्रवर्द्धनकालागि बर्दियामा युवा उद्यमी संवाद तथा पैरवी सञ्जाल गठन

२०८० आश्विन ५, शुक्रबार २०:३६
नेपालगन्ज । बर्दियाका दुई वटा पालिकामा युवा महिलाहरुको व्यवसाय विकास र रोजगार पर्वद्धन गर्ने उदेशयले युवा उद्यमी संवाद तथा पैरवी सञ्जाल गठन गरिएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएका बैठक र छलफल पश्चात ती सञ्जालहरु गठन गरिएका हुन् । […]