रोजगार प्रवर्द्धनकालागि बर्दियामा युवा उद्यमी संवाद तथा पैरवी सञ्जाल गठन

  ।   २०८० आश्विन ६, शनिबार १२:३७

नेपालगन्ज । बर्दियाका दुई वटा पालिकामा युवा महिलाहरुको व्यवसाय विकास र रोजगार पर्वद्धन गर्ने उदेशयले युवा उद्यमी संवाद तथा पैरवी सञ्जाल गठन गरिएको छ ।

प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएका बैठक र छलफल पश्चात ती सञ्जालहरु गठन गरिएका हुन् । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरका अनुसार पालिकास्थित बिभन्न परियोजनाको सहयोगमा १८ देखी २४ वर्षका युवा महिलाहरुलाई उनीहरुको व्यक्तिगत विकास तथा पेशागत विकास, व्यवसाय, रोजगार सम्बन्धि सिकाइ र सूचनाहरु आदान प्रदान गर्ने उदेश्यले पैरवी सञ्जाल गठन गरिएको बताउनुभयो ।

उहाँले प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको सहजीकरणमा बर्दियाका गुलरिया र ठाकुरबाबा नगरपालिकामा नगरपालिकास्तरीय व्यवसाय बिकास र रोजगार प्रर्वद्धनकालागि युवा महिला उद्यमी संवाद तथा पैरवी सञ्जाल गठन कार्य सम्पन्न भएको बताउनुभयो ।
पर्ल परियोजनाका कार्यक्रम संयोजक गोविन्द लामिछानेका अनुसार स्थानिय स्तरमा तालिम प्राप्त युवालाई एकिकृत गर्न, तालिम पश्चात् कामको खोजीमा रहेका, उद्यम गर्नका लागि सहयोगको खोजीमा रहेका, काममा संलग्न भएका युवाहरुको हकहितको काम गर्न र वडा, पालिका तथा अन्य सरोकार निकायसँग सहकार्य, समन्वयमा युवाहरुको थप क्षमता विकास गर्नका लागि सञ्जालको गठन गरिएको हो ।

संयोजक लामिछानेले गुलरियामा मनीषा चौधरीको नेतृत्वमा १५ सदस्यीय र ठाकुरबाबा नगरपालिकामा नीरमा थारुको नेतृत्वमा १३ सदस्यीय पैरवी सञ्जाल गठन गरिएको बताउनुभयो । गुलरिया नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह र महिला बिकास अधिकृत शिला साहको उपस्थिति रहेको थियो भने ठाकुरबाबामा आयोजना गरिएको कार्यक्रममा ठाकुरबाबा नगरपालिकाको रोजगार सेवा केन्द्रका रोजगार सहायक चन्द्रा चपाईको उपस्थिति रहेको थियो ।

Next Post

माओवादी रुपान्तरण अभियान : दुई सय बढी नागरिकको निःशुल्क स्वास्थ्य जाँच

२०८० आश्विन ६, शनिबार १२:३७
नेपालगन्ज । नेकपा माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान अन्तर्गत बाँकेमा विभिन्न संगठनात्मक कार्यक्रमहरु गरिनुका साथै माओवादीले विभिन्न सामाजिक कार्यहरु पनि सँगसँगै सञ्चालनमा ल्याएको छ । शनिबार अभियान अन्तर्गत नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ कमिटीले बेलासपुरमा नाक, कान घाँटी तथा दाँत रोगको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन […]

सम्बन्धित शीर्षक