भ्रष्टाचार मुद्दामा फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई तीन वर्ष कैद

  ।   २०७७ फाल्गुन १८, मंगलवार ०७:०४


एजेन्सी । फ्रान्सका पूर्वराष्ट्रपति निकोलन सार्कोजीलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष कैद सजाय सुनाइएको छ।

सन् २००७ देखि २०१२ सम्म फ्रान्सका राष्ट्रपति रहेका ६६ वर्षीय सार्कोजीलाई सोमबार एक अदालतले आफ्नो चुनावी अभियानका लागि डोनेसन लिन र गोप्य सूचना प्राप्त गर्न अरू दुई जना व्यक्तिसँग मिलेर कानुनको उल्लंघन गरेको आरोपमा दोषी ठहर गरेको हो।

तीन वर्षमध्ये उहाँलाई दुई वर्षको सजाय निलम्बन गरिएको छ भने एक वर्ष पनि उहाँले जेलबाहिर बसेर कटाउन सक्नु हुनेछ। त्यो अवधिमा उहाँलाई घरमै नजरबन्दमा राख्ने वा शरीरमा इलेक्ट्रिक डिभाइस जोडेर आंशिक हिँडडुल गर्न दिने सुविधा हुन सक्छ।

सार्कोजीले आफूले कुनै गल्ती नगरेको बताउँदै आउनु भएएको छ । सोमबारको फैसलापछि उहाँले कुनै प्रतिक्रिया दिनुभएको छैन । सुपरमोडलबाट गायिका बनेकी उहाँकी पत्नीले भने इन्स्टाग्राममा तस्बिर राख्दै फैसलालाई अन्याय भन्नुभएको छ ।

सार्कोजीका वकिलहरूले फैसलाविरूद्ध उपल्लो अदालतमा पुनरावलोकन हाल्ने बताउनु भएको छ ।

अदालतको फैसलाले सार्कोजीलाई भविष्यमा सार्वजनिक पदका लागि अयोग्य नठहर्‍याए पनि यसले फेरि सार्वजनिक जीवनमा आउने उहाँको सपनालाई धक्का पुर्‍याएको छ।

Next Post

राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन प्रतिनिधिको निर्वाचन

२०७७ फाल्गुन १८, मंगलवार ०७:०४
नेपालगन्ज । आगामी वैशाख १० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्य व्यवस्था समितिको आजको बैठकले वैशाख २५ देखि २८ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनलाई दृष्टिगत गर्दै उक्त निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधानले बताउनुभयो । बैठकले स्थानीय तह परिषद् तथा केन्द्रीय निर्वाचन समिति निर्देशिका पारित गरेको छ। […]