४६ बर्षमा विद्यावरिधि (पीएचडी) हासिल गर्न सफल डा. डक्ट प्रसाद धिताललाई सम्मान

  ।   २०८० जेष्ठ २, मंगलवार १९:४६

योगेश पाण्डे, नेपालगंज

गुडन्यूज पत्रिका र अनलाइनका प्रकाशक, प्रधानसम्पादक डाक्टर डक्ट प्रसाद धिताल सम्मानित हुनुभएको छ ।

प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिको प्रथम साधारण सभाको अवसरमा लुम्बिनी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य कुल प्रसाद केसी (सोनाम), प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष विष्णु सापकोटा (जुगल), प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समिति अध्यक्ष मानसिह बिक लगायतले माला सहित सम्मान पत्रले सम्मान गर्नुभयो ।

आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी, दाङ्गमा आयोजना गरिएको साधारण सभामा उहाँलाई संगठनमा क्रियाशिल रहदै पत्रकारिता बिषयमा औपचारिक शिक्षा क्षेत्रको सर्वोच्च तह विद्यावरिधि (पीएचडी) पुरा (हासिल) गर्न सफल भएको भन्दै सम्मान ब्यक्त गरिएको हो ।

उहाँ रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्ज, नेपालगंजका स्टेशन म्यानेजर समेत हुनुहुन्छ ।

४६ बर्षिय डाक्टर धितालले यसअघि पनि विद्यावरिधि (पीएचडी) पुरा गर्न सफल भएको भन्दै विभिन्न संघ–संस्था तथा शुभेक्छुक जनबाट सम्मान प्राप्त गरिसक्नुभएको छ ।

Next Post

सिलाईको सिप सिकेर आर्थिक रुपमा सक्षम बन्दै युवा महिला

२०८० जेष्ठ २, मंगलवार १९:४६
संवाददाता, नेपालगंज । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सिलाई तालिम र सामाग्री समेत लिएर व्यवसाय शुरु गरेका बर्दियाका १८ देखि २४ वर्ष उमेर समूहका युवा महिलाहरु आर्थिक रुपमा सक्षम बन्दै गएका छन् । केही समयअघिसम्म बेरोजगार भई खाना लगाउन समेत समस्या भईरहेको बताउने ती युवा महिलाले अहिले न्युनतम […]