सिलाईको सिप सिकेर आर्थिक रुपमा सक्षम बन्दै युवा महिला

  ।   २०८० जेष्ठ ३, बुधबार १५:२७

संवाददाता, नेपालगंज

प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सिलाई तालिम र सामाग्री समेत लिएर व्यवसाय शुरु गरेका बर्दियाका १८ देखि २४ वर्ष उमेर समूहका युवा महिलाहरु आर्थिक रुपमा सक्षम बन्दै गएका छन् ।

केही समयअघिसम्म बेरोजगार भई खाना लगाउन समेत समस्या भईरहेको बताउने ती युवा महिलाले अहिले न्युनतम १२ हजार रुपैयाँ देखि १५ हजार रुपैयाँ सम्म मासिक आम्दानी गरेर घर खर्च चलाईरहेको बताउँछन ।

सिलाई तालिम पाएपछि पसल सञ्चालनका लागि सामाग्री समेत पाएका बर्दियाको ठाकुरबाबा नगरपालिका–२ भुरीगाउँका ६ जना युवा महिलाले सामुहिक रुपमा सञ्चालनमा ल्याएको न्यु सामुहिक टेलर स्थानीय बीच अहिले निकै लोकप्रिय बन्दै गएको छ । महिलालहरुले सिलाई तालिम पूरा गरेपछि स्टार्टअप सपोर्ट प्रत्येकलाई ६६ हजार ३ सय ३५ रुपैयाँ प्रदान गरिएको थियो ।

Next Post

नरैनापुरका विद्यार्थीलाई एक वर्ष पुग्ने शैक्षिक सामाग्री वितरण

२०८० जेष्ठ ३, बुधबार १५:२७
योगेश पाण्डे बाँके ।  बाँकेको नरैनापुर गाँउपालिका –१ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय महतिनियाँमा शैक्षिक सामाग्री वितरण गरिएको छ । एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोरनिया, अमेरीकाको सहयोग र देवराली फाउण्डेसनको सहकार्यमा विधालयमा शैक्षिक सामाग्री वितरण गरिएको हो । बिधालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई एक वर्ष पुग्ने गरी […]