नेपालगन्जमा संक्रमित थप एकको मृत्यु

  ।   २०७७ भाद्र २१, आईतवार २१:३५

नेपालगन्ज । नेपालगन्ज वडा नं. ९ का ५९ बर्षिय एक पुरुषको आइतबार साझ ८:३० मृत्यु भएको छ । मृतक संक्रमितको भदौ १५ गते कोरोना पोजेटिभ पुष्टि भएको हो ।

भदौ १८ गते भर्ना हुनुभएका संक्रमित युवराज विक्रम घलेलाई मुटुको रक्त नलि बन्दहुने समस्या भएको फोकल पर्शन नरेश बाबु श्रेष्ठले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ । न्यु इन्द्रेणी होटेलमा निजि आइसोलेसनमा बस्नु भएका घलेलाइ भदौ १८ गते भेरी अस्पतालमा भर्ना गरिएको सो प्रेस नोटमा उल्लेख गरिएको छ ।

उपचार पश्चात् बिरामीको स्वस्थ्य अवस्थामा सुधार नआएपछि समस्या बढ्दै गएर मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । यो संगै बाँके जिल्लामा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

Next Post

बाँकेमा आज नेकपा नेता कोइराला संगै ४१ जनामा कोरोना पुष्टि

२०७७ भाद्र २१, आईतवार २१:३५
बाँके । बाँके जिल्लामा आज आइतबार नेकपा सचिब अशोक कोइराला संगै ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल पिसिआर ल्याबबाट ३८ जना र बागेश्वरी ल्याबबाट ३ जनामा कोरोना पोजेटिभ देखिएपछि संक्रमितहरुको संख्या ४१ पुगेको हो । यो संगै हालसम्म बाँकेमा कोरोन संक्रमित संख्या १२ सय ५१ पुगेको […]