मन्त्री भएपछि राजबन्दीलाई भेटेर रन्जिता (श्रेष्ठ) चौधरीको निर्वाचन क्षेत्र यात्रा

  ।   २०८० बैशाख १०, आईतवार १५:२२

संवाददाता, काठमाण्डौँ ।

गत आम निर्वाचन (०४ मंसिर २०७९) बाट नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता (श्रेष्ठ) चौधरी कैलाली कैलाली—१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभयो ।

पार्टी स्थापनाको छोटो समयमा नै नेतृत्व लिँदै उहाँ सांसद बन्नुभयो । श्रेष्ठ कैलालीको टिकापुर घटनाका मुख्य कमाण्डर रेशम चौधरीको धर्मपत्नी हुनुहुन्छ । थरुहट आन्दोलनका कमाण्डर चौधरी अहिले डिल्ली बजार कारागारमा कैदीबन्दीका रुपमा छन् ।
तर, सोही आन्दोलनको जगमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले स्थानीय, प्रदेश र केन्द्र सरकारमा आफ्नो प्रतिनिधित्व गरिरहेको छ । जसको नेतृत्व अहिले रन्जिताले गरिरहनुभएको छ ।

उहाँ केन्द्रको सांसद मात्रै हुनुहुन्न्, अहिले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रुपमा कार्यभार सम्हालीरहनुभएको छ । उहाँ १७ चैत्र २०७९ मा मन्त्री नियुक्ति हुनुभएको हो । मन्त्री नियुक्त भएलगत्तै उहाँ सुरुमा मन्त्रालय मातहतका कार्यालयहरुका कर्मचारीहरुसँग अन्तरक्रिया गर्ने र आवश्यक नीति योजनाहरु बनाउने काममा व्यस्त हुनुभयो ।

मन्त्री भएपछि तत्काल निर्वाचन क्षेत्र जान नपाउनुभएका श्रेष्ठ शुक्रबार (वैशाख ८) गते पहिलो पटक सुदुरपश्चिम प्रदेश पुग्नुभयो । विमान मार्फत निर्वाचन क्षेत्र पुग्नुभएका उहाँ धनगढी बिमानस्थल ओर्लिए लगत्तै जिल्ला कारागार कैलाली पुग्नुभयो । सचिवालयका अनुसार त्यहाँ जाने पुर्वनिर्धारित कार्यक्रम भने थिएन् ।

तर, मन्त्रीले कारगार जाउँ भनेपछि सचिवालयले उहाँलाई कारागारसम्म पुर्यायो । उहाँले त्यहाँ पुगेर टिकापुरको थरुहट आन्दोलनमा दोषि ठहरिएर कैदीबन्दी जीवनयापन गरिरहेका राजबन्दीलाई भेट्नुभयो ।

सचिवालय सदस्यले रमेश बिकले भन्नुभयोे, ‘उहाँले धरातल बिर्सनु भएको रहेनछ । आफु स्थापित भएको जग बिर्सनु भएको रहेनछ । आफुलाई मन्त्री बनाउने, पार्टीलाई स्थापित गराउनेहरुका योगदान बिर्सनु भएको रहेनछ भन्दै राजबन्दीहरु खुसी हुनुभयो र आफुहरुलाई रिहाईका लागि थप पहल गर्न अनुरोध गर्नुभयो ।’

राजबन्दीहरुको कुरा सुनेपछि मन्त्री श्रेष्ठले रिहाईका लागि सरकारसँग पटक–पटक बार्ता गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने संकेत देखिएको बताएको बिकले सुनाउनुभयो । कारागारमा राजबन्दीहरुलाई भेटेपछि मात्रै मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रका मतदाता तथा आम जनताहरुलाई भेटघाट तथा पुर्वनिर्धारित कार्यक्रममा अघि बढ्नुभएको थियो ।

मन्त्री श्रेष्ठले गौरिगङ्गा नगरपालिकाका मुक्तकमैया, कमलरीहरुलाई आफ्नै पालामा जमिन उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । यस्तै कैलालीका मुक्तकमैया शिबिरमा भेटघाटका साथै कमैयाहरुलाई सम्बोधन तथा भूमी सम्बन्धी समस्याको समाधान गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

यस्तै मन्त्री श्रेष्ठले रानिजमरा कुलरिया सिचाइ आयोजनाका कार्यकारी निर्देशकलाई भेटेर आयोजनाको बारेमा जानकारी लिँदै छिटो भन्दा छिटो काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

मन्त्रीले कैलालीको धनगढीमा रहेको जिल्ला मालपोत तथा नापी कार्यालयको निरीक्षण गरि सेवाग्राहीहरुलाई सहज र सरल सेवा सुबिधाका दिन कर्मचारीलाई निर्देशन समेत दिनुभएको छ ।

Next Post

माओवादी केन्द्रको जिल्ला स्तरिय स्कुलिङ्ग कार्यक्रम

२०८० बैशाख १०, आईतवार १५:२२
संवाददाता, नेपालगंज । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला स्कूल विभाग, बर्दियाले तीन दिने जिल्ला स्तरिय स्कुलिङ्ग कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला स्तरिय स्कुलिङ्ग कार्यक्रमको एक समारोहका बीच स्कुलिङ्ग स्थायी समिति सदस्य एवंम पूर्व मन्त्री महेश्वर जंग गहतराज (अथक) ले उद्दघाटन गर्नुभएको हो । १५४ औं लेनिन जयन्ती र […]