-माइती नेपालले उद्दार गरेका महिलाहरू । फाइल फोटो
संवाददाता, नेपालगन्ज ।
माइती नेपाल नेपालगन्जले लकडाउनको अवधिमै ६ जना महिलालाई भारतबाट उद्दार ग¥यो । एक जना युवती माया मोहमा फस्दै दिल्ली पुग्नुभएको थियो । अरु ५ जना हिमाञ्चलबाट उद्दार गरिएको थियो ।
‘कोठीमा लैजाने तयारी भइरहेको थाहा पाएर हामीले भारतीय गैसससँग सहकार्य गरेर उनीहरुको उद्दार गर्न सफल भयौैं’, माइती नेपाल नेपालगन्ज शाखा संयोजक केशव कोइराला भन्नुहुन्छ, ‘सीमा नाका ठप्प हुँदा पनि महिलालाई कसरी भारत पु¥याइयो । हामी आश्चार्र्यमा परेका छा्रैं ।’
लकडाउनको एक डेढ महिनाकै अवधिमा माइती नेपालले बाँके बर्दिया लगायतका केही जिल्लाका हराएका भनिएका युवतीलाई काठमाडौंबाट उद्दार ग¥यो । जतिबेला एक जिल्लाबाट अर्को जिल्लामा जान पास चाहिन्थ्यो ।
‘यो घटनाले हामीलाई झस्काइदियो । कतै स्वदेशमै (आन्तरिक) बेचबिखन पनि हुँदोरहेछ कि ?’, कोइरालाले आशंका व्यक्त गर्नुभयो, ‘कोरोनाका कारण देशैै अझ विश्व नै ठप्प छ ।
यस्तो बेलामा पनि काठमाडौंसम्म लैजान सक्ने दलालको पहुँच कति रहेछ भनेर आँकलन गर्न सकिन्छ । यो घटनाले चेलिबेटी बेचबिखन आन्तरिक रुपमै पनि हुन्छ कि भन्ने आशंका जन्माएको छ । जुुन हाम्रो सोचभन्दा बाहिरको कुरा हो ।’
माइती नेपालमा लकडाउनपछि मात्र ५४ जना महिला बालबालिका हराएको उजुरी परेको छ । तीमध्ये १२ जना मात्र फेला परेका छन् । अरुको खोजी जारी छ । लकडाउनको बेला देश ठप्प छ । सीमा नाका बन्द छन् ।
यस्तो बेलामा पनि चेलीबेटी हराउनलाई अझै बढी जोखिमपूर्ण भएको माइती नेपालले आँकलन गरेको छ । ‘बौर्र्डर खुलेकै छैनन् । फेरि पनि कसरी जोखिमपूर्ण यात्रा भइरहेको छ’, उहाँले महिला सुरक्षाबारे चिन्ता व्यक्त गर्नुभयो ।
वैदेशिक रोजगारीको लागि अहिले यात्रा ठप्प छ तर पनि जोखिमपूर्ण यात्रा गरेर महिलालाई विदेश पठाउने दलालहरु सक्रिय भएका छन् ।
माइती नेपालले गत वर्ष मात्र भारतबाट जोखिमपूर्ण यात्रा गरिरहेका ४० जना महिलालाई भारतका विभिन्न स्थानबाट उद्दार गरेको थियो । उनीहरु भीसा लगाएर भन्दा पनि चोर बाटोबाट वैदेशिक रोजगारीमा जाँदै गरेको बताएका थिए ।
अहिले सीमा नाका बन्द भएको बेलामा पनि यस्तो जोखिमपूर्ण यात्रा भइरहेको माइती नेपालले जनाएको छ ।
‘अवैध बाटोबाट विदेश जाँदा महिला पक्राउ परे जेल जानुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि जोखिम उठाउन तयार हुनु भनेको दलालले कसरी कन्भिन्स गर्न सकेको छ भन्ने हो । यस्ता महिला पनि बेखबिखनको खतरामा पर्नसक्छन्’, कोइरालाले आशंका व्यक्त गर्नुभयो ।
माइती नेपालमा सन् २००२ देखि २०१९ सम्मको अवधिमा यौन शोषण र श्रम शोषणमा परेका तीन सय २५ जना महिलाको उद्दार गरिएको छ । यही अवधिमा महिला हराएको उजुरी भने ६ हजार २८ वटा परेको छ ।
जबकी एक हजार सय ५६ जना मात्र फेला परेका छन् । यति ठूलो संख्यामा महिलाहरु कहाँ हराएका होलान् ? यो अझै खोजीको विषय हो । यो तथ्याङ्कका आधारमा महिला बेचबिखनको खतरा सहजै अनुमान गर्न सकिन्छ ।
अझ महिला बेचबिखनविरुद्ध अदालतमा मुद्दा दायर गरेको तथ्याङ्क हेर्ने हो भने ८१ वटा मात्र छ । हरेक वर्ष महिला हराएका उजुरी बढ्दो छ ।
सन् २०१९ को तथ्याङ्कलाई मात्र आधार मान्ने हो भने हराउनेमा आधाभन्दा बढी १८ वर्ष मुनीका युवती नै छन् । जुन बेचबिखनकोे उच्च जोखिम समूहमा पर्छन् ।
कोइरालाको सुझाव छ, ‘कोरोनाका कारण अघिल्ला वर्षभन्दा कम महिलाको उद्दार भएको छ । जोखिमपूर्ण यात्रा गर्ने पनि घटेका छन् । तर यो संख्या घटेको भन्दा पनि कोरोनाले विश्व नै ठप्प भइरहेको बेला पनि महिला जोखिममा परेका छन् । अभिभावकहरु सचेत हुन जरुरी छ ।’
गुडन्युज साप्ताहिक पत्रिकाबाट