सबिता चन्द
बाँके / खजुरा गाउपालिका वडा नं। २ सितापुर स्वस्थ्य चौकीमा नाक कान घाँटीको एकदिने निशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ । असल छिमेकी सामुदायिक स्वस्थ्य केन्द्रको सहयोग र खजुरा २ को समन्वयमा हिजो १६ गते एकदिने स्वस्थ्य शिविर सम्पन्न भएको हो । स्वस्थ्य शिविरमा नाक कान घाँटीका वरिष्ठ चिकित्सक डा। प्रकाश बसेलले १ सय १४ जनाको स्वस्थ्य चेकजाँच भएको बताउनु भयो । जसमध्ये ८५ जना कानका बिरामी र अन्य नाक घाँटीका बिरामी भएको स्वस्थ्यकर्मी रितु पाण्डेले बताउनु भयो ।
२ बर्षका बालबालिकादेखि ९३ बर्षीय जेष्ठ नागरिकसम्मका बिरामीहरुले स्वस्थ्य लाभ लिएका थिए । डाक्टर बसेलका अनुसार अधिकांश कानका बिरामीहरुको कानको जाली फाटेको थियो । जनचेतनाको कमीले गर्दा धेरै जना कानका बिरामीहरु कान नसुन्ने हुने उहाँले बताउनु भयो । वडा नं। २ का वडा अध्यक्ष धनराम ओलीको स्वस्थ्य स्थिति कमजोर भएकोले उपस्थित हुन नसकेको स्रोतले जनाएको छ भने असल छिमेकीका स्टाफ नर्स रितु पाण्डे, ल्याबटेक्निसिएन सबिना चौधरी, ललितराम थारु, सितापुर स्वास्थ्य चौकीका स्वस्थ्यकर्मीहरुको उपस्थिति र सहयोगमा स्वस्थ्य शिविर सम्पन्न भएको असल छिमेकीले जनाएको छ ।