देशभर एकैदिन ३३ सयभन्दा धेरै डिस्चार्ज, २७ सय २२ जना नयाँ सङ्क्रमित थपिए

  ।   २०७७ आश्विन १६, शुक्रबार १८:३६

काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय ५० पुगेको छ । गएको २४ घण्टामा २७ सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार सात सय २२ जनाको नमुना परीक्षण गर्दा २७ सय २२ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा ३३ सय सात जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ६० हजार ६ सय ९६ पुगेको छ ।

आज डिस्चार्ज भएका र सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या अहिलेसम्मकै धेरै हो ।

अब नेपालमा २१ हजार दुई सय ३४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ८५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय २० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Next Post

बाजुरामा खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता

२०७७ आश्विन १६, शुक्रबार १८:३६
बाजुरा । बाजुराको हिमाली गाउँपालिका ५ को कवाडी खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३० वर्षीया सत्ता नेपाली र उहाँका छोरीहरु पाँच वर्षीया आरती, चार वर्षीया सन्तोषी र एक वर्षीया छोरी किस्मती तथा दुई वर्षीय छोरा सम्मान नेपाली रहेका छन् । शुक्रबार दिउँसो छोराछोरीसहित […]