देशभर २५ हजार सक्रिय कोरोना संक्रमित पुगे फेरि एक महिना सबै सेवा र व्यवसाय बन्द गर्न सिफारिस

  ।   २०७७ आश्विन ७, बुधबार १६:५७

रन्जित कुमार चौधरी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण दर तीव्र गतिमा बढेको निचोडसहित फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको आज बिहान बसेको बैठकले फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरिएको प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताउनु भएको छ ।

‘कोरोना संक्रमण दर तीव्र सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सिफारिस गरेको छ’, गौतमले भन्नुभयो, ‘अवस्था जटिल बन्दै गएकाले यस्तो सिफारिस गरिएको हो ।’

गौतमका अनुसार अहिले कोरोनाका १७ हजार भन्दा बढी सक्रिय संक्रमित छन् । यदि सक्रिय संक्रमितको संख्या २५ हजार पुगेको खण्डमा लकडाउन गर्नुपर्ने सिफारिस पनि मन्त्रालयले सरकारलाई गरेको छ ।

‘अहिले १७ हजार भन्दा बढी सक्रिय संक्रमित छन् । कुनै दिन २५ हजार सक्रिय संक्रमित भएमा फेरि बन्दा बन्दी गर्ने गरी सिफारिस भएको छ’, उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय नाकाहरुमा हेल्थ डेस्क स्थापनाका लागि दरबन्दी पुनरवालोकन गर्ने पनि निर्णय भएको छ ।’ -थाहाखबर

Next Post

देशभर लगातार झरी : इलाम, झापा, नवलपुर र रुपन्देहीमा सबैभन्दा धेरै वर्षा

२०७७ आश्विन ७, बुधबार १६:५७
काठमाण्डौ । देशभर लगातार झरी परिरहेको छ । गएको २४ घण्टामा इलाम, झापा, नवलपुर र रुपन्देहीमा सबैभन्दा धेरै वर्षा भएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार गएको २४ घण्टामा इलाममा १५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । यस्तै झापामा १५४ मिलिमिटर, नवलपुरमा १४७ दशमलव २ र रुपन्देहीमा […]