बाँके । बाँके जिल्लामा उपचारको क्रममा भेरै अस्पताल, नेपालगन्जमा कोभिड– १९ संक्रमित थप १ जनाको मृत्यु भएको छ ।
मृतक जानकी ६ प्रजातीपुर, बाँके निवासी ६५ बर्षिया पुरुष हुनुहुन्छ । यसअघि बाँके जिल्लाको २६ जनाको मृत्यु भई सकेको छ ।
यससँगै बाँके जिल्लाको बासिन्दा उपचारको क्रममा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।