आज बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची सार्वजनिक

  ।   २०७७ चैत्र १८, बुधबार ०७:२१


काठमान्डौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । आज बस्ने बैठकको कार्यसूची सार्वजनिक गरेको छ ।

संघीय संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा विभिन्न वार्षिक प्रतिवेदन पेस र शोक प्रस्ताव पेस हुनेछन् । दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

बैठकमा विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी र पहिलो संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने छ ।

Next Post

विश्वकप फुटबलको छनोट खेलमा बेल्जियम र नेदरल्याण्ड्सकाे सानदार जित

२०७७ चैत्र १८, बुधबार ०७:२१
काठमाण्डाै | विश्वकप फुटबलको छनोट खेलमा बेल्जियम र नेदरल्याण्ड्सले सानदार जित दर्ता गरेका छन् । गए राति भएको खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोलले पराजित गरेको हो । यस्तै नेदरल्याण्ड्सले जिब्राल्टारलाई ७–० गोलले पराजित गरेको छ । यस्तै गएराति भएकै अर्को खेलमा वेल्सले सिज रिपब्लिकलाई १–० गोलले पराजित गरेको छ । यस्तै […]