बाँके । बाँके जिल्लाबाट सोमबार कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका ६ जना निको भइ डिस्चार्ज हुँदैछन् ।
जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार सोमबार डिस्चार्ज हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या एक हजार २५० पुगेको छ ।
बाँकेमा हालसम्म एक हजार ५९९ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डी.सीसी.एम.सी बाँकेले जनाएको छ । संक्रमित मध्ये १० जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले ३४१ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।
बाँकेमा बिरामी निको हुने दर ७८.१७ प्रतिशत, मृत्यु दर ०.६३ प्रतिशत र रोगको प्रकोप दर ०.२७ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।