सभामुख घर्ती मगरद्धारा पाल्पा दुर्घटनामा दुःख व्यक्त

  ।   २०८० भाद्र १३, बुधबार १४:१४

नेपालगन्ज । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पाल्पा जिल्लाको रिब्दीकोट गाउंपालिका–२ जोर्तेमा आज विहान आएको ढुङगा सहितको पहिरोले गुल्मी तम्घासबाट वुटवल तर्फ आउदै गरेको लु १ ज ४६०० नम्वरको स्कारपियो जीप पुरिदा मानवीय क्षति भएको दुर्घटनाको खवरले अत्यन्तै मर्माहत तुल्याएको जनाउनु भएको छ ।

दुर्घटनामा पाल्पा तानसेन न.पा.–११ कुरुङखोला घर भई जिप्रका गुल्मीमा कार्यरत स.ह.यमबहादुर बोहरा, गुल्मी रेसुङ्गा न.पा–७ भूजेलखर्क वस्ने मनकला चुदारा र जिल्ला कास्की पोखरा उ.म.न.पा २४ हेम्जा निवासी विनोद तिमिल्सिनाको निधन छ भने अन्य ७ जना घाईते हुनु भएको छ । सभामुख घर्ती गरले आज शोक विज्ञप्ति जारी गर्दे मृतकहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नु भएको हो । साथै सभामुख घर्ती मगरले दुर्घटनामा घाईते भई लुम्विनी मेडिकल कलेज प्रभासमा उपचाररत रहनु भएका रेसुङा न.पा ८ खानीगाउं बस्ने शोभा घर्ती मगर र सोही ठाउं निवासी सुुस्मा राना, सुस्मा रानाको वर्ष ६की छोरी सुरबी राना, सुस्मा रानाकै ५ महिनाको छोरी सुबिया राना, खानीगांउ वस्ने टेक बहादुर जि.एम., स्वीकृती थापा, स्वीकृती थापाको ५ वर्षको छोरा सुरेन थापाको शिघ्र  स्वास्थ्य लाभको कामना गर्नु भएको छ । साथै  उहाँले उद्धार कार्यमा खट्नु हुने स्थानीयवासी, प्रहरी टोलीलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

सभामुख घर्ती मगरले  वर्षाको समय पहाडी क्षेत्रको सडकमा दुर्घटनाको उच्च सम्भावना रहने भएकाले यात्रा गर्दा यात्रु तथा चालकहरुबाट उच्च सतर्कता अपनाउन, सडकको नियमित मर्मत गर्न, जोखिम क्षेत्रमा सांकेतिक विवरण राख्न सम्वन्धीत निकायको समेत ध्यानाकर्षण समेत गराउनु भएको छ ।

Next Post

नेपालगन्जका विभिन्न वडामा माओवादीको बैठक

२०८० भाद्र १३, बुधबार १४:१४
नेपालगन्ज । ´जनतासँग माओवादी` बिशेष रुपान्तरण अन्तर्गत बुधबार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा वडाको विस्तारित बैठक भयो । पार्टी र नेता रुपान्तरण सहितको मुद्धा लिएर जनताको माझमा जाने निर्णय गरेको माओवादी केन्द्र नेपालगन्जका विभिन्न वडाहरुमा पुगेको छ । आजै नगरका अन्य धेरै वडाहरुमा वडाका विस्तारित बैठक सम्पन्न भएका छन् […]