नेपालगन्ज । समाजमा राम्रो काम गरिरहेका अनुसरणीय व्यक्तिलाई छनौट गरी हरेक बर्ष प्रदान गरिदै आएको नाईस अवार्डको चौथो संकरण यहि साउन २० गते नेपालगन्जमा हुने भएको छ ।
बाँके जिल्लामा कार्यक्षेत्र बनाएर सामाजिक रुपान्तरणमा क्रियाशिल रहेका जो कोहीले पनि अवार्डका लागि दरखास्त दिन सक्ने गरि नाईस नेपालगन्जले आज अवार्डका लागि सार्वजनिक रुपमा आवेदन खुल्ला गरिएकोे छ ।
नाईस अवार्ड २०२४ का लागि ५ दिने खुल्ला आव्हान गरिएको छ । उक्त आव्हान अनुसार नाईस अवार्डका लागि आवेदन आवेदक स्वयम्ले गर्न सक्ने वा अरु कसैले पनि उपयुक्त ब्यक्तिको नाम नोमेनेशन वा सिफारिस गर्न सकिने गरी ब्यवस्था गरिएको छ ।
अवार्डका लागि केही मापदण्ड राखिएको छ जस अन्तरगत अवार्डका लागि दरखास्त गर्ने ब्यक्ति नेपाली नागरिक हुनुपर्ने, सामाजिक क्षेत्रमा कार्यक्षेत्र बाँके जिल्लामा रहेर काम गरेको हुनुपर्ने, कुनै पनि नियमनकारी निकायको कारवाहीमा नपरेको हुनुपर्ने र व्यक्ति अवार्डका लागि दावेदार हुन भनी आवेदक⁄मनोनयनकर्ताले स्पष्ट कारण आवेदन फारममा खुलाउनुपर्ने रहेको छ । आवेदनका लागि प्रस्तावित ब्यक्तिको सम्पूर्ण विवरण राख्न सुचनामा उल्लेख गरिएको ढाँचा प्रयोग गर्नुपर्ने छ । यसरी सम्पूर्ण प्रक्रिया पुरा गरेर आवेदन संस्थाको आधिकारीक ईमेल लभउबनिगलवलष्अभ२नmबष्।िअयm मा पठाउन सकिने वा संस्थाको कार्यालय नेपालगन्ज १० भृकुटीनगरमा आएर समेत दर्ता गर्न सकिने ब्यवस्था गरिएको छ ।हरेक बर्ष अवार्ड प्रदान कार्यक्रमलाई थप ब्यवस्थित बनाउदै लगेको नाईस नेपालगन्जले आगामी दिनमा प्राप्त सुझावहरुको आधारमा परिमार्जन र फराकीलो गर्दै लैजाने योजना रहेको छ । आव्हान गरिएको सूचनाको समय सिमा भित्र आवेदन गरि नाईस अवार्डमा सहभागि हुन सबैमा अपिल गर्दछौै ।
पहिलो नाईस अवार्ड २०२१
पहिलो नाईस अवार्ड २०२१ लागु औषध दूब्यसन बिरुद्धका अभियन्ता अभिराज क्षेत्रीलाई प्रदान गरिएको थियो । लागु औषध दूक्यसनि बिरुद्ध लामो समय देखि काम गर्दै आएका उनलाई उत्कृष्ट कार्य गरे वागत उक्त सम्मान प्रदान गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यतामा खादा, सम्मान पत्र, ट्रफि तथा नगद १० हजार सहित सम्मान गरिएको थियो ।
दोश्रोे नाईस अवार्ड २०२२
नाईस नेपालगञ्जले मिति २०७९ साउन २३ गते नेपालगन्जमा सम्पन्न बिशेष कार्यक्रममा गैर सरकारी संस्थामा क्रियाशिल मुस्लिम अगुवा तथा सामाजिक अभियन्ता प्रबेज अली शिद्धिकीलाई सामाजिक रुपान्तरणमा पु¥याउनु भएको असल योगदानको उच्च कदर गर्दै नगद १० हजार पुरस्कार सहित दोश्रो ल्क्ष्ऋभ् ब्ध्ब्च्म् (द्दण्द्दद्द प्रदान गरेको थियो ।
तेस्रो नाईस अवार्ड २०२३
नाईस अवार्ड २०२३ नेपालगन्जका बरिष्ठ पत्रकार झलक गैरेलाई प्रदान गरिएको थियो । नाईस नेपालगन्जको अयोजनामा २०८० साउन २३ गते नेपालगन्जमा आयोजित एक बिशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि संघिय साँसद माननीय डा. धवल शमशेर राणाले गैरेलाई अवार्ड प्रदान गरेका थिए । पत्रकारितामा तिन दशक लामो समय देखि निरन्तर रुपमा क्रियाशिल रहेर विकास र सकारात्मक पत्रकारितामा माध्यमबाट सामाजिक रुपान्तरणमा उल्लेखनिय योगदान पुर्याएका गैरे अवाडका लागि चयन भएका थिए ।
नाईसले यस बर्षको नाईस अवार्ड प्रदान कार्यक्रमलाई ब्यवस्थित र भब्य बनाउन कार्यक्रमको तयारीलाई तिब्रता दिएको छ ।नाईस नेपालगन्ज समाजमा भईरहेका राम्रा र सकारात्मक कार्यहरुको प्रचार प्रसार गर्ने, समाजमा उत्कृष्ट कार्य गर्दै समाज रुपान्तरणका लागि काम गरिरहेका ब्यक्तिहरुलाई सम्मान गर्ने, सुन्दर शहरको परिकल्पना गर्दै सरसफाई र बृक्षारोपण गर्ने तथा राम्रा कामहरुमा बालवालिका तथा युवाहरुलाई लाग्न अभिप्रेरित गर्ने उद्धेश्यले विभिन्न क्षमता अभिबृद्धी तालिमहरु सञ्चालन गर्दै आएको छ । सबै ब्यक्ति समाजप्रति सकारात्मक भएमा सुन्दर समाजको परिकल्पना गर्न सकिने नाईस नेपालगन्ज, बाँकेको मान्यता रहेको छ ।