संवाददाता ।
२६ चैतमा निर्धारित लोकसेवा आयोगको शाखा अधिकृत प्रथम पत्रको परीक्षा स्थगित भएको छ ।
लोकसेवा आयोगले आज एक विज्ञप्ति निकाल्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि परीक्षा स्थगित भएको जानकारी गराएको छ ।
आयोगले सर्वोच्च अदालतबाट भएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयन गर्न परीक्षा स्थगित गरिएको आयोगका उपसचिव एक नारायण शर्माले जानकारी गराउनुभएको छ ।