पाँचवटा प्रदेशका उच्च पहाड र हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपात हुने

  ।   २०७८ मंसिर १६, बिहीबार ०७:११

काठमाडौं । देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने भएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छन् । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको धेरै स्थानमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको विभागले जनाएको छ ।

हाल नेपालको मौसममा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

Next Post

साइकल पाएपछि स्कुले छात्रा खुसी

२०७८ मंसिर १६, बिहीबार ०७:११
संवाददाता, नरैनापुर। बाँकेको नरैनापुर गाउँपालिका अन्र्तगत पर्ने सामुदायिक सरकारी विद्यालयमा अध्ययरत ६ सय छात्रालाई साइकल उपलब्ध गराईएको छ । छात्राहरुलाई शिक्षामा सहजै पहुँच पु¥याउन लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्रदेश सांसद कृष्णा केसी (नमुना) लगायतका ब्यक्तित्वहरुको उपस्थितीमा निशुल्क रुपमा साइकल दिईएको हो । बिहिबार साइकल पाएपछि नरैनापुरका […]