नेपालगन्जमा गाडिको ठक्करबाट पैदल यात्रीको मृत्युु

  ।   २०८० पुष १६, सोमबार १४:०१

नेपालगन्ज । नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको छ ।

उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।

घाइते एक महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।

Next Post

दाङमा भएको बस दुर्घटनाका २७ घाइतेको भेरीमा उपचार हुँदै

२०८० पुष १६, सोमबार १४:०१
नेपालगन्ज । आइतबार बिहान दाङमा भएको यात्रुवाहक बस दुर्घटानामा घाइते भएकामध्ये २७ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । आइतबार बिहान बस दुर्घटनामा परी घाइते भएकामध्ये २७ जना विरामीलाई भेरी अस्पताल उपचारका लागि ल्याइएको र उहाँहरुको विभिन्न वार्डमा उपचार भइरहेको भेरी अस्पतालका सूचना अधिकारी एवं वरिष्ठ फिजिसियन डा. संकेत […]

सम्बन्धित शीर्षक