दाङमा भएको बस दुर्घटनाका २७ घाइतेको भेरीमा उपचार हुँदै

  ।   २०८० पुष १६, सोमबार १५:१८

नेपालगन्ज । आइतबार बिहान दाङमा भएको यात्रुवाहक बस दुर्घटानामा घाइते भएकामध्ये २७ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार बिहान बस दुर्घटनामा परी घाइते भएकामध्ये २७ जना विरामीलाई भेरी अस्पताल उपचारका लागि ल्याइएको र उहाँहरुको विभिन्न वार्डमा उपचार भइरहेको भेरी अस्पतालका सूचना अधिकारी एवं वरिष्ठ फिजिसियन डा. संकेत रिसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार २७ जना घाइतेमध्ये ३–४ जना विरामीको अवस्था गम्भीर रहेको छ । अन्य विरामीको अवस्था सामान्य तथा मध्यम रहेको छ । घाइते भएकामध्ये अधिकांश महिला तथा बालबालिका रहेको उहाँले बताउनुभयो ।

अस्पतालको इमर्जेन्सी विभाग, अर्थो विभाग तथा न्यूरो विभागले विरामीलाई उपचार गरिरहेको सूचना अधिकारी डा. रिसालले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश घाइतेको मुख, ढाड, टाउको, छाति, हात तथा खुट्टामा चोटपटक लागेको छ ।

बर्दियाबाट दाङ चखौरा भ्रमणका लागि जाँदैगरेको भे १ ख २०४१ नम्बरको यात्रुवाहक बस दाङको तुलसीपुर–अमिलिया सडकखण्डमा आइतबार बिहान दुर्घटना हुँदा ३५ जना व्यक्ति घाइते भएका थिए । घाइते सबै बर्दियाको बढैयाताल गाउँपालिका वडा ६ र ७ का बासिन्दा भएको प्रहरीले जनाएको छ ।

Next Post

सहरी विकास मन्त्री नमुनालाई सम्मान कोहलपुर,

२०८० पुष १६, सोमबार १५:१८
कोहलपुर । कोहलपुर नगरपालिकाले लुम्बिनी प्रदेशका नवनियुक्त सहरी विकास मन्त्री कृष्णा केसी नमुनालाई बधाई ज्ञापन गरेको छ । सोमबार एक कार्यक्रमकाबीच शुभकामना तथा बधाई ज्ञापन गरेको हो । कार्यक्रममा बोल्दै मन्त्री केसीले विकास र समृद्धिका लागि दुवै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो  । उहाँले स्थानीय सरकारको विकासमा […]

सम्बन्धित समाचार