प्रेम विश्वकर्मा, नेपालगंज ।
बाँकेमा कोभिड–१९ को बीमा गर्नेहरुको संख्या बढेको छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगंज कार्यालयले मात्रै हाल सम्म १७ हजार जना भन्दा बढी ब्यक्तिको कोरोना बिमा गरिसकेको छ ।
प्रमुख नविन शर्मा (पौडेल) का अनुसार अहिले निर्जिवन बीमा कम्पनिहरुलाई कामको चाप पनि बढेको छ । दैनिक जसो कार्यालयमा बीमा गराउने पुग्ने ब्यक्तिहरुको संख्या पनि बढेको प्रमुख शर्माले बताउनुभयो ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगंजमा कोरोना बीमा बापत हाल सम्म १ करोड २ लाख ४८ हजार रुपैंया रकम समेत संकलन भएको छ ।
नेपाल सरकारको स्वामित्व प्राप्त राष्ट्रिय बीमा कम्पनी लिमिटेड सगैं अन्य २० वटा निर्जिवन बीमा कम्पनीले अहिले कोरोना बीमा गरिरहेका छन । तर केहीले चाप बढेको भन्दै कोरोना बीमालाई रोकेका छन ।
नेपालमा १९ वटा जीवन बीमा र एउटा पुर्नः बीमा कम्पनी रहेको छ ।
बीमा गर्दा लाग्ने रकम
– ब्यक्तिगत, एक जना मात्र भए : १ हजार रुपैंया
– परिवार सहित भए : ६ सय रुपैंया (प्रति ब्यक्ति)
– परिवार सहित वडा कार्यालयको सिफारिस भए : ३ सय रुपैंया (प्रति ब्यक्ति)
– संस्थागत सिफारिस भए : ३ सय रुपैंया (प्रति कर्मचारी)
– राष्ट्रसेवक कर्मचारी सबैको : निशुल्क
बीमा दाबीका लागी आवाश्यक कागजपत्र
१. बिमितको नाम, रोग शुरु भएको मिति र विवरण (जानकारी निवेदन)
२. बीमा लेखको प्रतिलिपी
३. नागरिकताको प्रमाणित प्रतिलिपी
४. स्वास्थ्य मन्त्रालय अन्तरगतका निकायबाट पीसीआर टेष्ट गर्दा पीसीआर पोजेटिभ आएको सक्कल रिपोर्ट र डिस्चार्ज सर्टिफिकेट
५. संस्थागत बिमित भएमा संस्थाको पत्र, संक्रमित कर्मचारीको परिचय पत्र
६. आवाश्यक परेमा अन्य कागज पत्र




