अफगानिस्तानका राष्ट्रपति घानी यूएईको शरणमा

  ।   २०७८ भाद्र ३, बिहीबार ०७:१९

काठमाण्डौ । अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिए पछि देश छाडेका अफगानिस्तानका राष्ट्रपति अशरफ घानीलाई यूएईले शरण दिएको छ । यूएईको विदेश मन्त्रालयले मानवताको आधारमा राष्ट्रपति घानी र उहाँको परिवारलाई आफ्नो देशमा स्वागत गरेको जनाएको छ ।

अफगानिस्तानबाट भागेका घानी पहिले ताजिकिस्तान गएका भनिएको थियो । तर, समाचार संस्था अल जजिराले घानी र उहाँको परिवार तथा सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार भागेर उज्वेकिस्तान गएको दाबी गरेको थियो ।

सङ्कटका बेला देश र नागरिकलाई छोडेर भागेको भन्दै उहाँको आलोचना पनि भइरहेको छ । पहिलो पटक सन् २०१४ मा अफगानिस्तानको राष्ट्रपति भएका घानीले दोस्रो पटक सन् २०१९ मा सत्ता सम्हाल्नु भएको थियो ।

यसैबीच, विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अफगानिस्तानमा हजारौँ नागरिक विस्थापित भएका भन्दै चिन्ता व्यक्त गरेको छ । डब्ल्यूएचओले अफगानिस्तानमा तत्काल मानवीय सहायता र स्वास्थ्य सेवाको आवश्यकता रहेको पनि जनाएको छ।

Next Post

नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान जाँदै

२०७८ भाद्र ३, बिहीबार ०७:१९
काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक क्रिकेट श्रृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली अर्को साता ओमान जाँदैछ । ओमान जाने टोलीमा नेपालका १७ खेलाडी सामेल हुनेछन् । हाल बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीमध्ये दुई जना मात्रै अन्तिम सूचीबाट फालिनेछन् । यही शुक्रवारसम्म अन्तिम टोलीको टुंगो […]

सम्बन्धित समाचार